Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...                            
८ माघ २०८२, बुधबार
पर्बत - PBT

चलचित्र निर्देशक गोपालचन्द्र लामिछानेलार्इ पश्चिम नेपाल कला मञ्चद्धारा सम्मान

३० आश्विन २०७३, आईतवार ०४:११


                            14625442_364286637237053_390181440_n ठाकुर रसाईली, पर्वत
। पश्चिम नेपाकल कला मञ्चकोे आयोजनामा सम्मान तथा परिचयात्मक कार्यक्रम
सम्पन्न भएको छ । धौलागिरी क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय चलचित्र
र नाटक लेखन, निर्देशन, निर्माणमा व्यस्त नेपाल चलचित्र निर्देशक समाजका
महासचिव गोपालचन्द्र लामिछानेलाइ एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ


कार्यक्रममा बोल्दै निर्देशक
लामिछानेले कलाकारीतामा लाग्दा आफुले विगत र वर्तमानमा भोगेका अनुभवहरु
सुनाउदै पश्चिम नेपाल कला मञ्चले धौलागिरीको कलाकारीताको बिकासमा खेलेको
भुमिकाको प्रसंसा गर्नुभएको थियो ।


उहांले
पश्चिम नेपाल कला मञ्चको बिकासमा आफुले हरेक सहयोग गर्ने प्रतिवद्धता समेत
व्यतm गर्नुभयो । यहाँंका कलाकारहरुले निर्माण गरेको हाँस्यटेलिसिरियल
भताभुंगलाइ राष्टिय स्तरको सिरियल बनाउन सहयोग गरी आफुले निर्माण गर्ने
चलचित्रहरुमा कलाकारहरुलाइ समावेस गर्दै संधै यहाँका कलाकारसँग सहकार्य
गर्ने बताउनु भयो ।


त्यस्तै
कार्यक्रममा बोल्दै कलाकार शंकर गिरीले पश्चिम नेपाल कला मञ्चले गाउंगाउंमा
लुकेर रहेका कलाकारहरुको प्रतिभालाई उजागर गरी हास्यटेलिसिरीयल भताभुंग
मार्फत समाजमा रहेक कुरीति,कुसंस्कार विकृति,विसँगति,अनियमितता,भ्रष्टचार र
समाजका यथार्थ देशकाल परिस्थितिलाई दर्शकको चाहनानुसार ब्याङग्यात्मक
रुपमा प्रस्तुत गरी समाजलाइ सचेत पार्न र सबैलाइ शिक्षा दिंदै सिरियलमार्फत
यस क्षेत्रको धार्मिक,सामाजिक,सांस्कृतिक र पर्यटकय क्षेत्रको प्रवद्दन
गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । साथै यसको बिकासकालागि आफुको
हरेक सहयोग रहने समेत प्रतिवद्दता व्यतm गर्नुभयो ।


कार्यक्रममा
पश्चिम नेपाल कला मञ्चका अध्यक्ष दिपेन्द्र रामदाम चन्द्र, उपाध्यक्ष थमन
पुर्जा, हास्यटेलि सिरियल भताभुंगका निर्देशक किसान बिसी, मञ्चका सचिव
ठाकुर रसाईली लगायतले वोल्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता