कात्तिक १, काठमाडौँ | वल्र्ड इकोनोमिक फोरमको ग्लोबल ट्राभल एण्ड टुरिजम रिपोर्ट अनुसार नेपाल सुरक्षाको दृष्टिकोणले विश्वको २९ औँ असुरक्षित देश बनेको छ । 

ट्रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १, काठमाडौँ | वल्र्ड इकोनोमिक फोरमको ग्लोबल ट्राभल एण्ड टुरिजम रिपोर्ट अनुसार नेपाल सुरक्षाको दृष्टिकोणले विश्वको २९ औँ असुरक्षित देश बनेको छ । 

ट्रा"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् दुनियाका सबैभन्दा असुरक्षित देशहरु, नेपाल कतिऔं स्थानमा ?

१ कार्तिक २०७३, सोमबार ०४:११

कात्तिक १, काठमाडौँ | वल्र्ड इकोनोमिक फोरमको ग्लोबल ट्राभल एण्ड टुरिजम रिपोर्ट अनुसार नेपाल सुरक्षाको दृष्टिकोणले विश्वको २९ औँ असुरक्षित देश बनेको छ । 

ट्राभल एण्ड टुरिजम कम्पिटेटिभनेस रिपोर्ट, २०१५ का अनुसार नेपाल सेफ्टी एण्ड सेक्योरिटी सूचकांकमा कूल १४१ देशमा १ सय १३ औँ स्थानमा परेको छ । सुरक्षा सूचकमा नेपालले ४.५२ अंक पाएको छ ।

रिपोर्ट अनुसार फिनल्याण्ड विश्वको सबैभन्दा सुरक्षित देशको रुपमा रहेको छ भने अफ्रिकी देश नाइजेरिया सबैभन्दा असुरक्षित अर्थात् खतरनाक देशको रुपमा गिनिएको छ । फिनल्याण्डको ६.७ अंक छ भने नाइजेरियाको २.७५ अंक रहेको छ ।

विश्वको सबैभन्दा सुरक्षित गन्तव्यको रुपमा दोश्रो स्थानमा कतार रहेको छ । त्यस्तै युएइ तेश्रो, आइसल्याण्ड चौथो र अस्टि्रया पाचौँ स्थानमा रहेका छन् ।

त्यस्तै विश्वका सबैभन्दा असुरक्षित पाँच देशमा नाइजेरियापछि कोलम्बिया रहेको छ । यमन तेश्रो असुरक्षित देशको रुपमा रहेको छ भने दक्षिण एसियाली मुलुक पाकिस्तान चौथो असुरक्षित देश रहेको छ । पाकिस्तानपछि भेनेजुलयला रहेको छ ।

रिपोर्ट अनुसार भारत १३ औँ असुरक्षित देशको रुपमा रहेको छ भने रुस १६ औँ असुरक्षित देशको रुपमा छ । त्यस्तै बंगलादेश २७ औँ असुरक्षित देशको रुपमा रहेको छ ।

विश्वका सुरक्षित देशको सूचिमा जापान २२ औँ, भुटान २६ औँ तथा चीन ५८ औँ स्थानमा रहका छन् । श्रीलंका ५३ औँ स्थानमा छ भने बेलायत ६३ औँ र अमेरिका ७३ औँ स्थानमा रहेका छन् ।

सामान्य अपराधको क्षति तथा हिंसाका साथै आतंकवाद र अपराध रोकथाममा पुलिसमाथि भर पर्न सकिने अवस्था लगायतका सूचकका आधारमा यस्तो सूचि तयार पारिएको रिपोर्टमा उल्लेख छ ।

ऋफगानिस्तान, इराक, युक्रेन, लिबिया तथा उत्तर कोरिया जस्ता देश भने यसमा समावेश गरिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का