८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको खैरहनीमा दुईवटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

१ कार्तिक २०७३, सोमबार ०४:४८

रबिन्द्र यादव/ कार्तिक १, नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँ विकास समिति वडा नम्बर १ खैरहनी मा गएराती नौ बजे दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रतापपुर वार्ड नम्बर ८ अठलही बस्ने बर्ष २३ का कपिलदेव चौधरी रहेका छन् ।

दुर्घटनाबाट गम्भीर घाइते भएका चापागाईको सहिद सामुदायिक अस्पताल चौपातामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारी का प्रहरी निरीक्षक महेश्वर प्रसाद उपाध्यायले जानकारी दिनु भयो । सेमरीबाट बेलाटारी जाँदै गरेको लु २० प ४४९८ नम्बरको मोटरसाइकल लाई विपरीत दिशा बाट आउदै गरेको युपी ५६ एच ५१४१ नम्बरको मोटरसाइकल खैरहनी पुलमा एकआपसमा ठोकिएको थियो ।

 विपरीत दिशा बाट आउदै गरेको भारतीय प्लेट नम्बरको चालक बर्ष २२ का जमुनिया – ४ सेमरी बस्ने उमेश चापागाईं  फरार रहेको छ भने मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । नवलपरासीको त्रिबेणी क्षेत्रमा दिनहुजसो सडक दुर्घटना हुँदै रहदा यसलाई नियन्त्रण प्रहरी असफल हुदै गइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता