८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कोल्हुवामा राईनो संरक्षण गोल्डकप आजबाट शुरु, सम्पुर्ण तयारी पुरा

१ कार्तिक २०७३, सोमबार ०५:३३

कात्तिक १, नवलपरासी । नवलपरासीको मध्यबिन्दु नगरपालीका २ कोल्हुवामा राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु हुँदैछ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिद्धारा प्रवद्र्धित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीताको आज कात्तिक १ गतेबाट शुरु भई कात्तिक १३ गतेसम्म चल्ने बताइएको छ । खेल कुमारवर्ति बहुमुखी क्याम्पस कोल्हुवाको प्रांगणमा हुँदैछ ।

जम्मा १२ टिम सहभागी हुने यसखेलको उद्घाटन समारोहमा बन मन्त्री शंकर भण्डारी प्रमुख अतिथि त्यसैगरी खेलकुद मंन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लाका माननिय सांसदहरु बिशेष अतिथिका रुपमा रहने मुल आयोजक नन्द भाउजु उपभोक्ता समितिका अध्यक्ष दोमन भण्डारीले साझासबाललाई जानकारी दिए । 

सोमबार बिहान ११ बजेबाट शुरु हुने उद्घाटन समारोहको पहिलो चरणको खेलमा पिप्ले युथ क्लब हेटौंडा र जगदम्बा लुम्बिनी क्लब बिच प्रतिस्पर्धा हुने खेल संयोजक टेक प्रसाद पोख्रेलले बताए । बिगतका बर्ष जस्तै यसबर्ष पनि खेल सञ्चालन गर्न लागिएको र खेलको मुल उद्धेश्य भनेको नेपालकै दुर्लभ एक सिंगे गैडाको संरक्षणमा टेवा पुर्याउने रहेको संयोजक पोख्रेलले बताए ।  


आजबाट सुरु हुने खेलको सम्पुर्ण तयारी पुरा भएको बताइएको छ । खेल मैदान ब्यवस्थापक तथा युवा परिचालक हरि राईका अनुसार खेल हेर्नका लागी दशहजार दर्शकको क्षमताको खेल मैदान र आवश्यकता अनुसारको युवा परिचालन गरीएको छ । खेलमा कात्तिक ११ र १२ गते भने नवलपरासी जिल्ला भित्रको महिला फुटबल हुने बताइएको छ । 

खेलमा प्रथम हुने टिमलाई ३ लाख २५ हजार ५ सय ५५ नगद र मेडल, प्रमाणपत्र त्यसैगरी द्धितिय टिमलाई १ लाख ६५ हजार ५ सय ५५ नगद र मेडल, प्रमाणपत्र सहित सम्मान गरीने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता