कात्तिक १, चितवन । शिक्षा मन्त्री धनीराम पौडेलले सरकारले सबै प्रदेशमा एक विश्वविद्यालयको अवधारणाका साथ काम अघि बढाएको बताउनुभएको छ । यसका लागि मन्त्रालयले उच्च शिक्षा ऐन वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १, चितवन । शिक्षा मन्त्री धनीराम पौडेलले सरकारले सबै प्रदेशमा एक विश्वविद्यालयको अवधारणाका साथ काम अघि बढाएको बताउनुभएको छ । यसका लागि मन्त्रालयले उच्च शिक्षा ऐन वि"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको सबै प्रदेशमा विश्वविद्यालय हुने

१ कार्तिक २०७३, सोमबार १०:०३

कात्तिक १, चितवन । शिक्षा मन्त्री धनीराम पौडेलले सरकारले सबै प्रदेशमा एक विश्वविद्यालयको अवधारणाका साथ काम अघि बढाएको बताउनुभएको छ । यसका लागि मन्त्रालयले उच्च शिक्षा ऐन विधेयक संसद्मा लाने तयारी थालेको उहाँले बताउनुभयो । 

नेपाल पब्लिक क्याम्पस सङ्घले आज यहाँ आयोजना गरेको ‘पब्लिक विश्वविद्यालय स्थापना अभियान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । 

उच्च शिक्षा ऐनलाई शिक्षा क्षेत्रको छाता ऐनका रुपमा अघि सार्न लागेको मन्त्री पौडेलले बताउनुभयो । ऐन बनिसकेपछि उच्च शिक्षा आयोग गठन गरी विश्वविद्यालयलाई अघि बढाउने उहाँले बताउनुभयो । 

चितवनमा पब्लिक विश्वविद्यालय स्थापनाका लागि आफ्नो तवरबाट पूर्ण सहयोग गर्ने बताउँदै उहाँले विश्वविद्यालयका लागि बनाउन लागिएको छाता ऐन बनाउने समयसम्म पर्खनका लागिसमेत आग्रह गर्नुभयो । नेपालमा अहिले ७५० भन्दा बढी पब्लिक क्याम्पस रहेको र उनीहरुलाई सरकारले साथमा लिएर हिँड्नु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । 

पब्लिक क्याम्पस सङ्घका सल्लाहकार चिरञ्जीवी श्रेष्ठले भरतपुरमा रहेको दियालो बङ्गलामा पब्लिक विश्वविद्यालयको केन्द्रीय कार्यालय बनाउन उपयुक्त हुने बताउनुभयो । 

पब्लिक क्याम्पस प्राध्यापक सङ्घका केन्द्रीय अध्यक्ष गोपाल पाण्डेले पब्लिक विश्वविद्यालय अपरिहार्य रहेको भन्दै समयमा नै निर्णय गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा विभिन्न पब्लिक क्याम्पस व्यवस्थापन समितिका अध्यक्षहरु, पब्लिक क्याम्पस सङ्घका पदाधिकारीलगायतले चितवनमा पब्लिक विश्वविद्यालय स्थापना गर्न माग गर्नुभएको थियो । कार्यक्रम सङ्घका केन्द्रीय अध्यक्ष भोलानाथ ओझाको सभापतित्वमा भएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली