कात्तिक १, चितवन । शिक्षा मन्त्री धनीराम पौडेलले सरकारले सबै प्रदेशमा एक विश्वविद्यालयको अवधारणाका साथ काम अघि बढाएको बताउनुभएको छ । यसका लागि मन्त्रालयले उच्च शिक्षा ऐन वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १, चितवन । शिक्षा मन्त्री धनीराम पौडेलले सरकारले सबै प्रदेशमा एक विश्वविद्यालयको अवधारणाका साथ काम अघि बढाएको बताउनुभएको छ । यसका लागि मन्त्रालयले उच्च शिक्षा ऐन वि"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको सबै प्रदेशमा विश्वविद्यालय हुने

२०७३, १ कार्तिक सोमबार १०:०३

कात्तिक १, चितवन । शिक्षा मन्त्री धनीराम पौडेलले सरकारले सबै प्रदेशमा एक विश्वविद्यालयको अवधारणाका साथ काम अघि बढाएको बताउनुभएको छ । यसका लागि मन्त्रालयले उच्च शिक्षा ऐन विधेयक संसद्मा लाने तयारी थालेको उहाँले बताउनुभयो । 

नेपाल पब्लिक क्याम्पस सङ्घले आज यहाँ आयोजना गरेको ‘पब्लिक विश्वविद्यालय स्थापना अभियान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । 

उच्च शिक्षा ऐनलाई शिक्षा क्षेत्रको छाता ऐनका रुपमा अघि सार्न लागेको मन्त्री पौडेलले बताउनुभयो । ऐन बनिसकेपछि उच्च शिक्षा आयोग गठन गरी विश्वविद्यालयलाई अघि बढाउने उहाँले बताउनुभयो । 

चितवनमा पब्लिक विश्वविद्यालय स्थापनाका लागि आफ्नो तवरबाट पूर्ण सहयोग गर्ने बताउँदै उहाँले विश्वविद्यालयका लागि बनाउन लागिएको छाता ऐन बनाउने समयसम्म पर्खनका लागिसमेत आग्रह गर्नुभयो । नेपालमा अहिले ७५० भन्दा बढी पब्लिक क्याम्पस रहेको र उनीहरुलाई सरकारले साथमा लिएर हिँड्नु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । 

पब्लिक क्याम्पस सङ्घका सल्लाहकार चिरञ्जीवी श्रेष्ठले भरतपुरमा रहेको दियालो बङ्गलामा पब्लिक विश्वविद्यालयको केन्द्रीय कार्यालय बनाउन उपयुक्त हुने बताउनुभयो । 

पब्लिक क्याम्पस प्राध्यापक सङ्घका केन्द्रीय अध्यक्ष गोपाल पाण्डेले पब्लिक विश्वविद्यालय अपरिहार्य रहेको भन्दै समयमा नै निर्णय गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा विभिन्न पब्लिक क्याम्पस व्यवस्थापन समितिका अध्यक्षहरु, पब्लिक क्याम्पस सङ्घका पदाधिकारीलगायतले चितवनमा पब्लिक विश्वविद्यालय स्थापना गर्न माग गर्नुभएको थियो । कार्यक्रम सङ्घका केन्द्रीय अध्यक्ष भोलानाथ ओझाको सभापतित्वमा भएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी