१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी बर्षदेखी राईनो संरक्षण गोल्डकपका लागी १५ लाख छुट्टाउने बनमन्त्री भण्डारीको घोषणा

१ कार्तिक २०७३, सोमबार ११:४७

गोपिकृष्ण चापागाई / कात्तिक १, नवलपरासी । नवलपरासीको मध्यबिन्दु नगरपालीका २ कोल्हुवामा बन तथा बन्यजन्तु संरक्षणमा जनचेतना र युवा सहभागीताको लागी संचालित राईनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगीता आज (सोमबार) बाट शुरु भएको छ । सोमबार कुमारवर्ति बहुमुखि क्याम्पसको प्रांगणमा एक बिशेष कार्यक्रम गर्दै फुटबल प्रतियोगीता शुरु भएको हो । 

उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल सरकारका बन तथा भू संरक्षण मन्त्रि शंकर भण्डारीले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरे । उद्घाटन समारोहमा प्रमुथ अतिथि मन्त्री भण्डारीले अहिले १२ औं राईनो संरक्षण गोल्डकप हुन लागेकोमा आयोजक टिमलाई बधाई दिँदै नेपाल सरकारको तर्फबाट अहिलेसम्म कुनै पनि सहयोग नमिलेको गुनासोलाई कदर गर्दै आगामि बर्षबाट राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीताका लागी रु. १५ लाख छुट्टाउने बताएका छन् ।

नेपालकै दुर्लभ बन्यजन्तु एकसिंगे गैंडा तथा बन्यजन्तु संरक्षणमा जनचेतना फैलाउने उद्देश्यका साथमा फुटबल प्रतियोगीता आयोजना गरेर राम्रो काम गरेको भन्दै मन्त्री भण्डारीले बदाई तथा शुभकामना दिएका थिए ।

साथै मन्त्री पौडेलले चितवन राष्ट्रिय निकुञ्ज आसपासका जनताहरु बन्यजन्तुको आक्रमणमा बढी पर्ने गरेको र आक्रमणबाट मृत्यु हुँदा पनि अहिलेसम्म सरकारको तर्फबाट कुनै सहयोग नमिलेको भन्दै अबदेखी कुनै पनि बन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा रु. ५० हजार दिइनु पर्नेमा जोड दिने बताएका छन् । 

कार्यक्रममा नवलपरासीका जिल्लाका सांसदहरु तथा बिभिन्न बिशिष्ठ ब्यक्तिहरुको आगमन रहेको थियो । कार्यक्रमको उद्घाटन खेलमा जगदम्बा लुम्बिनी र पिप्ले युथ क्लब मकवानपुर विच फुटबल प्रतियोगीता भईरहेको छ । 


मोफसलकै  धेरै राशि रहेको राईनो संरक्षण राईनो गोल्ड कप फुटबल प्रतियोगीतामा विजयीहुनेले प्रथम हुनेले रु ३ लाख २५ हजार ५ सय ५५ रुपैया, प्रमाण पत्र र मेडल प्राप्तको साथै १ दिने अमलटारी होमस्टे बसाई गर्ने पाउनेछन् । साथै द्धितिय  हुनेले रु १ लाख ६५ हजार ५ सय ५५ रुपैया प्रमाण पत्र र मेडल प्राप्त गर्ने मुल आयोजक नन्द भाउजु उपभोक्ता समितिका अध्यक्ष दोमन भण्डारीले जानकारी दिए । । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का