२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको विशाल ताजिया मेला समापन

१ कार्तिक २०७३, सोमबार १२:२२

रबिन्द्र यादव/ कार्तिक १, नवलपरासी । मुस्लिम सामुदायको तेस्रो महान पर्व मोहर्रमको अवसरमा नवलपरासीको विभिन्न स्थानमा ताजिया बनाइएको थियो । यश बर्ष जिल्लाको महेशपुर, भुजहवा, पाल्ही, कुश्मा लगायतका स्थानमा बिशाल ताजिया बनाइएको थियोे । 

जसमध्ये सबभन्दा नवलपरासीको महेशपुर मा निर्माण गरिएको थियोे जुन देश मै सबै भन्दा विशाल ताजिया रहेको थियो । जसको क्षेत्रफल करिब एक सय फिट चौडाइ र एक सय पचास फिट अग्लो रहेको थियो । 

मुस्लिम सामुदायको तेस्रो महान पर्व मोहर्रमको अवसरमा ताजिया निर्माण गरिएको सबै स्थानमा मेला लागेको थियो । मेला नवलपरासी जिल्लाको ग्रामीण भेगका विभिन्न ठाउहरुमा बासको ठुलो ठुलो ताजिया बनाई भव्य मेला संचालन गरिएको थियो । मेला आइतबार सम्म चलेको थियो ।

यस‌ैगरी महेशपुर को विशाल ताजिया मेला एक कार्यक्रमका बिच समापन गरिएको थियो । महेशपुर ताजिया मेला समितिका अध्यक्ष सुनिल पटवा को अध्यक्षता रहेको समापन कार्यक्रममा मधेस युवा उत्थान विकास मंच नवलपरासीका अध्यक्ष धिरज त्रिपाठी प्रमुख अतिथि रहेका थिए । मंचका उपाध्यक्ष युवराज मौर्या, भुजहवा मंचका अध्यक्ष अम्मर यादव, दिपु लगायतका उपस्थित रहेको थियो । आइतबार सम्म संचालित ताजिया मेलामा थकरी, ढाकातास, लाठी भाला, भेडा जुधाउने समेतको खेल प्रतियोगिता भएको थियो । जसको प्रथम हुने टिमलाई प्रमुख अतिथिले एउटा कलर टिवी प्रदान गर्नु भएको थियोे भने ‌दोस्रो हुने टिमले एउटा साइकल हात पार्न सफल भएका थिए भने तेस्रो हुने टिमलाई भित्ते घडी र नगद प्रदान गरिएको थियो । 

ताजिया निर्माणका लागि बाँस, रिम, कागज, काटी, तार र गम आवश्यक पर्ने गरेको ताजिया मिस्त्री फरजुल्लाह डफालीले बताएका छन । ताजिया मेलामा नेपाल र छिमेकी राष्ट्र भारत बाट दर्शानार्थीहरुको घुइँचो लाग्ने गरेको हुन्छ । 

हिजरी को पहिलो महिना मोहरर्मुल हराम को १० तारिखका दिन इस्लामको संरक्षक मानिने धर्मगुरु हजरत इमाम हुसैनको आफ्नो घरपरिवार सहित ७२ जनालाई इस्लाम धर्मलाई बचाउनका लागि इराक को बगदाद स्थित करबलामा सहिद भएकाले उनको यादलाई तरोताजा बनाउन ताजिया बनाई दर्शन गर्ने मुस्लिम समुदायको परम्परागत चलन चल्दै आएको छ, केहीले व्रत समेत बस्ने गरेका हुन्छन । देशका विभिन्न तराई क्षेत्रमा ठुलो ठुलो बासका ताजिया हिन्दु मुस्लिम दुबै समुदाय मिली बनाउने र मेला संचालन गर्ने गर्दछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य