अजयकुमार साह,  कात्तिक ३, उदयपुर । जिल्ला विकास समिति उदयपुरका स्थानिय विकास अधिकारी गणेशप्रसाद दहालले स्थानिय स्तरको विकासका विविध पक्षलाई उजागर गर्न संचार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह,  कात्तिक ३, उदयपुर । जिल्ला विकास समिति उदयपुरका स्थानिय विकास अधिकारी गणेशप्रसाद दहालले स्थानिय स्तरको विकासका विविध पक्षलाई उजागर गर्न संचार"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

विकास र संचार एकअर्काको पर्यायवाची : एलडिओ दाहाल

३ कार्तिक २०७३, बुधबार ०६:१५

अजयकुमार साह,  कात्तिक ३, उदयपुर । जिल्ला विकास समिति उदयपुरका स्थानिय विकास अधिकारी गणेशप्रसाद दहालले स्थानिय स्तरको विकासका विविध पक्षलाई उजागर गर्न संचार माध्यमले महत्वपूर्ण भुमिका खेलिरहेको र संचार क्षेत्रको प्रबद्र्धनका लागी विकासक्रम समेत आवश्यक भएकोले दुवै एकअर्काको पर्यायवाची भएको बताउनुभयो ।

      केही दिन अगाडी मात्र धनकुट्टाबाट सरुवा भई उदयपुर जिविस कार्यालयमा स्थानिय विकास अधिकारीको जिम्मेवारी सम्हाल्न जिल्ला आईपुग्नुभएका एलडिओ दहालले मंगलबार जिविस सभाहलमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

      उदयपुरको विकास प्रशासनमा सक्दो सहयोग पु¥याउन आफू लागीपर्ने बताउँदै एलडिओ दहालले जिल्लामा विद्यमान रहेको विकास समस्याहरुलाई सम्बोधन गर्न सवै पक्षसँग सहकार्य र परामर्श गरेर अगाडी बढ्ने धारणा व्यक्त गर्नुभयो ।

      पत्रकारहरुले राम्रो कामको राम्रै सँग प्रचार प्रसार गर्न र नराम्रो भएको खण्डमा सुझाव सहित सुधार गर्ने वातावरण मिलाउन पहल गर्नुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो । गत असोज १४ गतेको नेपाल सरकारको निर्णयअनुसार आफू जिल्लामा सरुवा भएर आईपुगेको बताउँदै एलडिओ दहालले पूर्नसंरचनाको तहगत रुपमा छलफल काम नसकिएको जिल्लामा मात्रै सरुवा सम्बन्धी समस्या रहेको तर उदयपुरको सन्दर्भमा कुनै समस्या नभएकोले आफू जिम्मेवारी सम्हाल्न जिल्ला आईपुगेको उहाँले बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा पत्रकारिता क्षेत्रबाट अझ बढी सल्लाह र सुझावका साथै सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

      कार्यक्रममा करिब दुई दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो । जिल्लाको समस्याहरुको जानकारी गराईदिनुस भन्ने एलडिओ दहालको आग्रहमा पत्रकारहरुले मुख्य समस्या र अवसरहरुको बारेमा जानकारी र जिज्ञासा राखेका थिए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले जिल्लामा पत्रकारिता क्षेत्रको प्रबद्र्धन र विकासका लागी नयाँ ढंगले कार्य गर्न र सहयोग समन्वय गर्न सुझाव दिनुभयो । त्यस्तै कार्यसमिति सदस्य अजयकुमार साहले जिविसलाई अझ बढी पारदर्शि र जवाफदेही बनाउन सेवाग्रही सम्म सूचना पु¥याउन र व्यवस्थापन गर्न सूचना डेस्कको स्थापन गर्न त्यस्तै जिल्लामा विस्तार भएको सडक संजालको विषयमा अपडेट भई त्यसको उचित विकासमा जिविसले ठोस निति लिएर अगाडी बढ्नुपर्ने र पत्रकारिता प्रबद्र्धनका लागी नयाँ ढंगले योजना बनाएर अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो ।

पूर्वअध्यक्ष ईश्वर तामाङ्गले पुर्नसंरचनाको विषयलाई विवादित हुन नदिन सवै पक्षको समन्वयमा निर्णय पक्रियामा जान जानकारी गराउनुभयो । पत्रकार भरत खडकाले जिविसले बेला बेलामा पत्रकार सम्मेलनको माध्यमबाट भए गरेका कार्यहरुको विषयमा समिक्षा गर्न समेत सुझाव दिनुभयो । पत्रकार यमन दनुवारले असार मसान्तको समयमा साना साना विकास कार्यमा हुने गरेको भ्रष्टाचारहरुको नियन्त्रण गर्नुपर्ने सुझाव दिनुभयो । त्यस्तै अर्का पत्रकार विश्वराज तामाङ्गले विस्तार भएको सडक पूर्वाधारहरुको मर्मतकार्यलाई उचित रुपमा अगाडी बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा जिविसका सूचना अधिकारी विश्वजीत राई, लेखा अधिकृत नारायणप्रसाद दुलाल, प्रशासन शाखाका श्याम सुन्दास, गिरिराज खडकाको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव