८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा पहिलो बुद्धिष्ट कलेज सञ्चालन

३ कार्तिक २०७३, बुधबार ०६:३८

कात्तिक ३, दोलखा । दोलखा जिल्लामा नै पहिलोपटक स्नातक तहको बुद्धिष्ट कलेज सञ्चालन भएको छ । 

बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल, जिरीले बौद्ध दर्शनलगायत मानविकी विषयको अध्यापन गराउने उद्देश्यका साथ जिरीमा बुद्धिष्ट कलेज सञ्चालन गरेको हो । 

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा अध्ययन गर्नका लागि कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ । 

तीन वर्षे स्नातक तहको पाठ्यक्रममा अनिवार्य नेपाली, अङ्ग्रेजीसहित पाँच विषय अनिवार्य बौद्ध अध्ययनअन्तर्गतका विषय र ५०० पूर्णङ्कको मानविकी विषय पढाइ हुने बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल, जिरीले बताएको छ । 

केन्द्रका अनुसार आवश्यकता र मागअनुसार भविष्यमा थप विषयसमेतको अनुमति लिई स्नातकोत्तरसम्मको कक्षा सञ्चालन गर्ने जनाइएको छ । 

बौद्ध दर्शन, बौद्ध धर्म, कला, संस्कृति, साहित्य आदिको खोज, अनुसन्धान, प्रवद्र्धन एवम् प्रकाशन गर्ने, बौद्ध दर्शनमा आधारित ऐतिहासिक, धार्मिक सांस्कृतिक पर्यटनको विकास गर्नेजस्ता लक्ष्य लिएको बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल, जिरीका अध्यक्ष इन्द्रबहादुर खड्काले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता