८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

हिन्दू विवाहिता महिलाले आज करवाचौथ पर्व मनाउँदै

३ कार्तिक २०७३, बुधबार ०६:३९

कात्तिक ३, महोत्तरी । हिन्दू विवाहिता महिलाले आफ्ना पतिको दीर्घायुको कामना गर्दै आज धुमधामका साथ करवाचौथ पर्व मनाइँदै छन् । आफ्ना पतिको सुख, समृद्धि, दीर्घायु एवम् अटल सौभाग्यको कामना गर्दै निराहर व्रत बसेर यो पर्व मनाउने गरिन्छ । 

आज साँझको समयमा चन्द्रमालाई अर्घ दिएपछि आफ्नो पतिको मुख हेरेर यो पर्व समापन गर्ने परम्परा छ । कात्तिक कृष्णपक्षको चतुर्थी तिथिका दिन मनाइने करवाचौथ पर्व पछिल्लो समयमा निकै लोकप्रिय बन्दै गएको छ । 

दिनभरि निराहर व्रत बसेका व्रतालुले रातिको समयमा चन्द्रमाको अर्घ दिएपछि भोजन गर्ने गरिन्छ । साँझको समयमा सोह्रशृङ्गारमा सजिएकी व्रतालुले शिव, पार्वती, कार्तिकेय, गणेश तथा चन्द्रमाको पूजा गर्ने गर्दछन् । 

माता पार्वतीले कठिन तपस्या गरेर भगवान शिवलाई श्रीमान् प्राप्त गरेपछि अखन्ड सौभाग्यका लागि यो व्रत गरिएको धार्मिक ग्रन्थ नारद पुराणमा उल्लेख छ । १२ वर्ष अथवा १६ वर्षसम्मको अवधि पूरा भएपछि यस पर्वलाई उद्यापन ९उपसंहार० गर्ने चलन रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता