२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

हिन्दू विवाहिता महिलाले आज करवाचौथ पर्व मनाउँदै

२०७३, ३ कार्तिक बुधबार ०६:३९

कात्तिक ३, महोत्तरी । हिन्दू विवाहिता महिलाले आफ्ना पतिको दीर्घायुको कामना गर्दै आज धुमधामका साथ करवाचौथ पर्व मनाइँदै छन् । आफ्ना पतिको सुख, समृद्धि, दीर्घायु एवम् अटल सौभाग्यको कामना गर्दै निराहर व्रत बसेर यो पर्व मनाउने गरिन्छ । 

आज साँझको समयमा चन्द्रमालाई अर्घ दिएपछि आफ्नो पतिको मुख हेरेर यो पर्व समापन गर्ने परम्परा छ । कात्तिक कृष्णपक्षको चतुर्थी तिथिका दिन मनाइने करवाचौथ पर्व पछिल्लो समयमा निकै लोकप्रिय बन्दै गएको छ । 

दिनभरि निराहर व्रत बसेका व्रतालुले रातिको समयमा चन्द्रमाको अर्घ दिएपछि भोजन गर्ने गरिन्छ । साँझको समयमा सोह्रशृङ्गारमा सजिएकी व्रतालुले शिव, पार्वती, कार्तिकेय, गणेश तथा चन्द्रमाको पूजा गर्ने गर्दछन् । 

माता पार्वतीले कठिन तपस्या गरेर भगवान शिवलाई श्रीमान् प्राप्त गरेपछि अखन्ड सौभाग्यका लागि यो व्रत गरिएको धार्मिक ग्रन्थ नारद पुराणमा उल्लेख छ । १२ वर्ष अथवा १६ वर्षसम्मको अवधि पूरा भएपछि यस पर्वलाई उद्यापन ९उपसंहार० गर्ने चलन रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन