४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

उच्च शिक्षा हासिल गर्न पशुपतिनगरका बालबालिकाले बचत गर्दै

३ कार्तिक २०७३, बुधबार ०६:५८

कात्तिक ३, महोत्तरी । सामुदायिक विद्यालयमा अध्ययनरत पशुपतिनगर गाविसका बालबालिकाले उच्च शिक्षाका लागि अहिलेदेखि नै बाल क्लब गठन गरेर मासिक बचत गर्न थालेका छन् । 

‘बालबालिकालाई हिंसा र दुव्र्यवहार नगरौँ, माया र स्नेह प्रदान गरौँ’ भन्ने नाराका साथ सयौँ बालबालिकाले गाविसको टोलटोलमा बाल क्लब गठन गरेर बचत गर्न थालेका हुन् । 

गाविसको नौवटै वडामा गठित वडास्तरीय बाल क्लबमा उनीहरुले मासिक रु २०/५० का दरले बचत गर्न थालेका हुन् । 

नौवटै बाल क्लबमा गरी ७० हजारभन्दा बढी रकम बचत भएको सञ्जालका अध्यक्ष राहुलकुमार सिंहले बताउनुभयो । उहाँले भन्नुभयो “क्लबमा आबद्ध भएका बालबालिकालाई सस्तो दरमा शैक्षिक सामग्री खरिद गर्न, विद्यालय पोशाक सिलाउन, गरिब तथा विपन्न साथीभाइको पढाइलाई निरन्तरता दिन सस्तोदरमा ऋण लगानी गछौँ ।” 

बालअधिकारसम्बन्धी डेढ वर्ष अघिदेखि गाविसले चलाएको सकारात्मक सोच अवृद्धि तालिमले बालबालिका बचतसँगै सामाजिक कार्यमा समेत सहभागी हुन थालेका छन् । बालबालिकाले आफैँबाट मासिक बचत गरेर समाजका सबैले बचत गर्नुपर्छ भन्ने सन्देश दिन उनीहरुले बालबचत गर्न थालेका बाल सञ्जालकी कोषाध्यक्ष दुर्गा कुमारी महतोले बताउनुभयो । 

“आर्थिक स्थिति कमजोर भएका बालबालिकाको शैक्षिक अवस्था सुधार गर्न एक प्रतिशतका दरले बाल क्लबमा आबद्ध सदस्यलाई आवश्यकताको आधारमा ऋण लगानी गछौँ,” पशुपतिनगर–५ का मुस्कान बाल क्लबका अध्यक्ष राजकुमार महतोले भन्नुभयो “यस कार्यले बाल सञ्जालमा बचत रकम वृद्धि हँुदै गएको छ ।” 

क्लब गठन पछि गाउँगाउँमा सचेतनामूलक सामाजिक अभियान सुरुवात गरिएको गाविस सचिव ओमप्रकाश खड्काले बताउनुभयो । बाल क्लब गठनले बालबालिकाले आफूलाई आवश्यक पर्ने योजना बनाउँछन् र सो योजना गाविसले स्वीकृत गराएर समाज परिवर्तनको लागि हौसल्ला बढाउँदै आएका छौँ ।” 

अनावश्यक खर्च जोगाएर यहाँका बालबालिका पैसा बचत गर्न थालेका छन् । चाउचाउ, चटपटे, बिस्कुट जस्ता ‘जङ्कफुड’ खाने पैसा जोगाएर उनीहरुले क्लबमा बचत गर्ने बानीको विकास हुँदै गएको राष्ट्रिय उच्च मावि पशुपतिनाथ बनरझुल्लाका प्रध्यानाध्यापक तेजीलाल महतोले बताउनुभयो । उहाँले भन्नुभयो “बालबालिकाले आफ्नो उच्च शिक्षाको लागि खर्च जुटाउन अहिलेदेखि नै बचत गर्र्ने बानी बसालेका हुन् । ”रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ