२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

उच्च शिक्षा हासिल गर्न पशुपतिनगरका बालबालिकाले बचत गर्दै

२०७३, ३ कार्तिक बुधबार ०६:५८

कात्तिक ३, महोत्तरी । सामुदायिक विद्यालयमा अध्ययनरत पशुपतिनगर गाविसका बालबालिकाले उच्च शिक्षाका लागि अहिलेदेखि नै बाल क्लब गठन गरेर मासिक बचत गर्न थालेका छन् । 

‘बालबालिकालाई हिंसा र दुव्र्यवहार नगरौँ, माया र स्नेह प्रदान गरौँ’ भन्ने नाराका साथ सयौँ बालबालिकाले गाविसको टोलटोलमा बाल क्लब गठन गरेर बचत गर्न थालेका हुन् । 

गाविसको नौवटै वडामा गठित वडास्तरीय बाल क्लबमा उनीहरुले मासिक रु २०/५० का दरले बचत गर्न थालेका हुन् । 

नौवटै बाल क्लबमा गरी ७० हजारभन्दा बढी रकम बचत भएको सञ्जालका अध्यक्ष राहुलकुमार सिंहले बताउनुभयो । उहाँले भन्नुभयो “क्लबमा आबद्ध भएका बालबालिकालाई सस्तो दरमा शैक्षिक सामग्री खरिद गर्न, विद्यालय पोशाक सिलाउन, गरिब तथा विपन्न साथीभाइको पढाइलाई निरन्तरता दिन सस्तोदरमा ऋण लगानी गछौँ ।” 

बालअधिकारसम्बन्धी डेढ वर्ष अघिदेखि गाविसले चलाएको सकारात्मक सोच अवृद्धि तालिमले बालबालिका बचतसँगै सामाजिक कार्यमा समेत सहभागी हुन थालेका छन् । बालबालिकाले आफैँबाट मासिक बचत गरेर समाजका सबैले बचत गर्नुपर्छ भन्ने सन्देश दिन उनीहरुले बालबचत गर्न थालेका बाल सञ्जालकी कोषाध्यक्ष दुर्गा कुमारी महतोले बताउनुभयो । 

“आर्थिक स्थिति कमजोर भएका बालबालिकाको शैक्षिक अवस्था सुधार गर्न एक प्रतिशतका दरले बाल क्लबमा आबद्ध सदस्यलाई आवश्यकताको आधारमा ऋण लगानी गछौँ,” पशुपतिनगर–५ का मुस्कान बाल क्लबका अध्यक्ष राजकुमार महतोले भन्नुभयो “यस कार्यले बाल सञ्जालमा बचत रकम वृद्धि हँुदै गएको छ ।” 

क्लब गठन पछि गाउँगाउँमा सचेतनामूलक सामाजिक अभियान सुरुवात गरिएको गाविस सचिव ओमप्रकाश खड्काले बताउनुभयो । बाल क्लब गठनले बालबालिकाले आफूलाई आवश्यक पर्ने योजना बनाउँछन् र सो योजना गाविसले स्वीकृत गराएर समाज परिवर्तनको लागि हौसल्ला बढाउँदै आएका छौँ ।” 

अनावश्यक खर्च जोगाएर यहाँका बालबालिका पैसा बचत गर्न थालेका छन् । चाउचाउ, चटपटे, बिस्कुट जस्ता ‘जङ्कफुड’ खाने पैसा जोगाएर उनीहरुले क्लबमा बचत गर्ने बानीको विकास हुँदै गएको राष्ट्रिय उच्च मावि पशुपतिनाथ बनरझुल्लाका प्रध्यानाध्यापक तेजीलाल महतोले बताउनुभयो । उहाँले भन्नुभयो “बालबालिकाले आफ्नो उच्च शिक्षाको लागि खर्च जुटाउन अहिलेदेखि नै बचत गर्र्ने बानी बसालेका हुन् । ”रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन