१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलात्कारपछिको हत्यालाई आत्महत्या बनाएर जाहेरी दर्ता गर्न प्रहरीले दबाब दिएको परिवारको आरोप

४ फाल्गुन २०८०, शुक्रबार ११:३४

फागुन ४, काठमाडौँ | गत पुसमा बलत्कारपछि मारिएकी बाजुराकी १७ वर्षीय रेजिना नेपालीका बुबा बुदे नेपाली र उनका आफन्त न्यायका लागि काठमाडौं आइपुगेका छन् । वडादेखि प्रहरी प्रशासनसम्म दोषीलाई उम्काउन लागिपरेपछि पीडित परिवारले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर न्यायका लागि गुहार मागेका छन् ।

पीडित पक्षले प्रहरी कार्यालयमा दर्ता गराउन तयार पारेको जाहेरी उल्ट्याइ आत्महत्या दुरुत्साहनको जाहेरी बनाइएको र त्यो पनि ३२ दिनपछि मात्रै दर्ता गरिएको उनीहरुको गुनासो छ ।


पीडित नेपालीले भने, ‘मलाई मेरो गाउँघरमा न्यायका लागि साथ दिने कोही नभएर यति टाढा आएको छु, मलाई छोरीको न्यायबाहेक अरु केही चाहिन्न, दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दछु ।’

मृतक रेजिनाका ठूलो बुबा सुरेन्द्र नेपालीले आत्महत्या दुरुत्साहन नभई जबरजस्ती करणी र हत्या नै भएको दाबी गरे । उनले २ नम्बर वडाध्यक्ष पदम भण्डारीका गाडी चालक अर्जुन रावतले नै बलात्कारपछि हत्या गरेको जिकिर गरे ।

घटना भएको दिन पुस १ गते राति आठ बजे मृतक रेजिनाको घर नजिकै प्रतिवादी रावतलाई भेटेको बताउँदै उनले भने, ‘मंसिर २९ गते नाइना भन्ने ठाउँमा मृतक रेजिनासहित चार जना किशोरीमाथि यौनजन्य घटना हुनु, १ गते राति रेजिनाको मृत्यु हुनु र त्यसै दिन घटनाको समयमा प्रतिवादी घटनास्थलमा देखिनु कुनै संयोगमात्रै हुन सक्दैन ।’

एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शनकुमार नेपालीले पीडितको न्यायका लागि आफूहरु जुनसुकै हदसम्मको आन्दोलन गर्न पछि नपर्ने चेतावनी दिए ।

कसरी भएको थियो घटना ?

गत मंसिर २९ गते गाउँकै रेजिनाकी दिदी नाता पर्ने विपना नेपालीले आफू भागेर बिहे गरेर जान लागेको र आफूलाई आधीबाटो छोड्न जानुपर्ने भनिन् । त्यसपछि रेजिनासँगै जसी नेपाली, बिनिता नेपाली र कविता नेपाली विपनालाई घरदेखि पोइली घरसम्म छोड्न वडा नम्बर २ का अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतको गाडीमा गएका थिए ।

त्यसै क्रममा रेजिनासहित चार जनाले विपनाको पोइली घर सुदाडा पुर्‍याइ फर्किने क्रममा गाडी लक गरी राति १ बजे चारै जना किशोरीमाथि यौनजन्य क्रियाकलाप भएको र नाइना भन्ने ठाउँमा निज रावतले रेजिनालाई गाडीबाट झारी अन्य तीन जनालाई भित्रै लक गरी उनलाई टाढा लगेर २५ देखि ३० मिनेटपछि गाडीमै फर्काएका थिए । त्यसको तेस्रो दिन पुनः घरमै आएर बलात्कारपछि हत्या गरेर झुण्ड्याएको परिवारको आरोप छ ।

घटनालगत्तै छोरीको न्यायका लागि जाहेरी दर्ता गराउन जाँदा प्रहरीले जाहेरी लिन नमानेर चार पटकसम्म घर फर्काएको पीडित परिवारको आरोप छ । रेजिनाको शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने भनेको जिल्ला प्रहरी कार्यालय बाजुराले ३२ दिनपछि जाहेरी दर्ता गरेको थियो । त्यो पनि बलात्कारपछि हत्याको साटो आत्महत्या उल्लेख गरेपछि मात्रै दर्ता गरेको मृतक रेजिनाका ठूलो बुबा सुरेन्द्र नेपालीले बताए ।

प्रहरीले आरोपितलाई नै संरक्षण गर्न खोजेको उनको भनाइ छ ।

पोष्टमार्टममा समेत सेटिङ गरेर गलत रिपोर्ट निकालेको आफूहरुलाई आशंका लागेको पीडित परिवारले बताएका छन् । आरोपित अर्जुन रावत रेजिना मृत भेटिएको दिनदेखि फरार छन् । रावतलाई संरक्षण गर्न प्रहरी प्रशासनदेखि विभिन्न राजनीति दलका नेता सक्रिय देखिएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ