२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलात्कारपछिको हत्यालाई आत्महत्या बनाएर जाहेरी दर्ता गर्न प्रहरीले दबाब दिएको परिवारको आरोप

२०८०, ४ फाल्गुन शुक्रबार ११:३४

फागुन ४, काठमाडौँ | गत पुसमा बलत्कारपछि मारिएकी बाजुराकी १७ वर्षीय रेजिना नेपालीका बुबा बुदे नेपाली र उनका आफन्त न्यायका लागि काठमाडौं आइपुगेका छन् । वडादेखि प्रहरी प्रशासनसम्म दोषीलाई उम्काउन लागिपरेपछि पीडित परिवारले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर न्यायका लागि गुहार मागेका छन् ।

पीडित पक्षले प्रहरी कार्यालयमा दर्ता गराउन तयार पारेको जाहेरी उल्ट्याइ आत्महत्या दुरुत्साहनको जाहेरी बनाइएको र त्यो पनि ३२ दिनपछि मात्रै दर्ता गरिएको उनीहरुको गुनासो छ ।


पीडित नेपालीले भने, ‘मलाई मेरो गाउँघरमा न्यायका लागि साथ दिने कोही नभएर यति टाढा आएको छु, मलाई छोरीको न्यायबाहेक अरु केही चाहिन्न, दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दछु ।’

मृतक रेजिनाका ठूलो बुबा सुरेन्द्र नेपालीले आत्महत्या दुरुत्साहन नभई जबरजस्ती करणी र हत्या नै भएको दाबी गरे । उनले २ नम्बर वडाध्यक्ष पदम भण्डारीका गाडी चालक अर्जुन रावतले नै बलात्कारपछि हत्या गरेको जिकिर गरे ।

घटना भएको दिन पुस १ गते राति आठ बजे मृतक रेजिनाको घर नजिकै प्रतिवादी रावतलाई भेटेको बताउँदै उनले भने, ‘मंसिर २९ गते नाइना भन्ने ठाउँमा मृतक रेजिनासहित चार जना किशोरीमाथि यौनजन्य घटना हुनु, १ गते राति रेजिनाको मृत्यु हुनु र त्यसै दिन घटनाको समयमा प्रतिवादी घटनास्थलमा देखिनु कुनै संयोगमात्रै हुन सक्दैन ।’

एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शनकुमार नेपालीले पीडितको न्यायका लागि आफूहरु जुनसुकै हदसम्मको आन्दोलन गर्न पछि नपर्ने चेतावनी दिए ।

कसरी भएको थियो घटना ?

गत मंसिर २९ गते गाउँकै रेजिनाकी दिदी नाता पर्ने विपना नेपालीले आफू भागेर बिहे गरेर जान लागेको र आफूलाई आधीबाटो छोड्न जानुपर्ने भनिन् । त्यसपछि रेजिनासँगै जसी नेपाली, बिनिता नेपाली र कविता नेपाली विपनालाई घरदेखि पोइली घरसम्म छोड्न वडा नम्बर २ का अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतको गाडीमा गएका थिए ।

त्यसै क्रममा रेजिनासहित चार जनाले विपनाको पोइली घर सुदाडा पुर्‍याइ फर्किने क्रममा गाडी लक गरी राति १ बजे चारै जना किशोरीमाथि यौनजन्य क्रियाकलाप भएको र नाइना भन्ने ठाउँमा निज रावतले रेजिनालाई गाडीबाट झारी अन्य तीन जनालाई भित्रै लक गरी उनलाई टाढा लगेर २५ देखि ३० मिनेटपछि गाडीमै फर्काएका थिए । त्यसको तेस्रो दिन पुनः घरमै आएर बलात्कारपछि हत्या गरेर झुण्ड्याएको परिवारको आरोप छ ।

घटनालगत्तै छोरीको न्यायका लागि जाहेरी दर्ता गराउन जाँदा प्रहरीले जाहेरी लिन नमानेर चार पटकसम्म घर फर्काएको पीडित परिवारको आरोप छ । रेजिनाको शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने भनेको जिल्ला प्रहरी कार्यालय बाजुराले ३२ दिनपछि जाहेरी दर्ता गरेको थियो । त्यो पनि बलात्कारपछि हत्याको साटो आत्महत्या उल्लेख गरेपछि मात्रै दर्ता गरेको मृतक रेजिनाका ठूलो बुबा सुरेन्द्र नेपालीले बताए ।

प्रहरीले आरोपितलाई नै संरक्षण गर्न खोजेको उनको भनाइ छ ।

पोष्टमार्टममा समेत सेटिङ गरेर गलत रिपोर्ट निकालेको आफूहरुलाई आशंका लागेको पीडित परिवारले बताएका छन् । आरोपित अर्जुन रावत रेजिना मृत भेटिएको दिनदेखि फरार छन् । रावतलाई संरक्षण गर्न प्रहरी प्रशासनदेखि विभिन्न राजनीति दलका नेता सक्रिय देखिएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो