नन्दराम जैशी/कात्तिक ३, जुम्ला । यस बर्ष जुम्लामा खाद्यन्न अभाव नहुने अनुमान गरीएको छ । 

गत बर्षहरुको तुलनामा यस बर्ष जुम्लामा खाद्यन्न बालि उत्पादनमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/कात्तिक ३, जुम्ला । यस बर्ष जुम्लामा खाद्यन्न अभाव नहुने अनुमान गरीएको छ । 

गत बर्षहरुको तुलनामा यस बर्ष जुम्लामा खाद्यन्न बालि उत्पादनमा"/>

९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बर्षभरी जुम्लामा खाद्यन्न अभाव नहुने अनुमान

३ कार्तिक २०७३, बुधबार १२:४४

नन्दराम जैशी/कात्तिक ३, जुम्ला । यस बर्ष जुम्लामा खाद्यन्न अभाव नहुने अनुमान गरीएको छ । 

गत बर्षहरुको तुलनामा यस बर्ष जुम्लामा खाद्यन्न बालि उत्पादनमा बृद्धि हुने संकेत देखिएपछि यस बर्ष जुम्लामा खाद्यन्न अभाव नहुने अनुमान गरीएको हो । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्ला जिल्लालाई बार्षिक आवाश्वक २० हजार मेक्ट्रीकटन खाद्यन्नमध्य यस बर्ष जुम्लामै १९ हजार मेक्ट्रीकटन खाद्यन्न उत्पादन हुने अनुमान गरीएको छ । 

कार्यालयका योजना अधिकृत बालकराम देबकोटाले भन्नुभयो, जुम्ला जिल्लाको १ लाख ८ हजार ९ सय २१ जनसंख्यालाइ बार्षिक रुपमा प्रति ब्यक्ति आवाश्यक १ सय ९१ के.जि का दरले जम्मा २० हजार मेक्ट्रीकटन खाद्यन्न आवाश्यक पर्छ तर यस बर्ष जुम्लामै १९ हजार मेक्ट्रीकटन खाद्यन्न उत्पादन हुने अनुमान गरीएकाले जुम्लामा यस बर्ष खाद्यन्न अभाव हुदैन । 

बाँकि अपुग १ हजार मेक्ट्रीकटन खाद्यन्न खरीदका लागि स्थानियले आफै उत्पादन गरेको सिमि र आलुको बिक्रि तिरण तथा प्रयोगबाट जिल्लाको खाद्यन्न पुर्ति भैरहेको छ, भन्नुभयो । जुम्लामा यस बर्ष उत्पादन भएका खाद्यन्न बालिहरुमा रोग किरा कम लागेकोले, खाद्यन्न बालिलाइ आवाश्यकता अनुसार समय अनुकुल बर्षा भएकाले र खडेरी तथा ठुलो मात्रामा क्षेत्रि गर्ने गरी असिनापानि नपरेकाले यस बर्ष जुम्लामा १९ हजार मेक्ट्रीकटन खाद्यन्न उत्पादन हुने दावि गर्दै देबकोटाले जिल्लामा खाद्यन्न अभाव नहुने तर्क गर्नु भयो । 

पहिल्ला बर्षहरुमा किसानको चेतना स्तर बृद्धि हुनुका साथै किसानहरुले उन्नत जातको बालि लगाउने, समयमै उचित मल तथा सिँचाइ गर्ने, बालिमा रोग किरा ब्यवस्थापन गर्ने लगाएतका कार्य गर्दै आएले जुम्लाको खाद्यन्न उत्पादनमा बृद्धि हुदै गएको उहाको भनाइ छ । कर्णालीका ५ जिल्ला सहित हाल नेपालका २४ वटा जिल्लामा खाद्यन्न अपुग भैरहेको अवस्थामा अबको ५ बर्ष भित्र जुम्ला जिल्लालाइ पनि खाद्यन्न पुग्ने जिल्लाको रुपमा घोषणा गरीने जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । 

विगत दुइ, तिन बर्षयता बढ्दो क्रममा रहेको जुम्लाको खाद्यन्न अवस्थालाइ मुल्याङकन गर्दा अबको ५ बर्षपछि जुम्ला पुर्ण रुपमा खाद्यन्न पुग्ने जिल्लाको रुपमा घोषणा हुने कार्यालय स्रोतले बताएको छ । अहिले जुम्लाको अपुग खाद्यन्न अवस्थालाइ पुर्ति गर्न स्थानियले नजिकैको ब्यापारीक खाद्यन्न पसल तथा नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्ला मार्फत खाद्यन्न खरीद गरी रहेका छन् । 

आफै उत्पादन गरेको धान अगुग हुने कृषकहरुले अन्य खाद्यन्न बालि, जौँ, कोदो, मकै, गौँ, सिमि, आलु लगाएतका बस्तु बेचेर चामल खरीद गरीरहेका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्याङक अनुसार जुम्लामा विस्तारै बढ्दो शहरीकरण र कृषि पेशाप्रति युवाहरुको उदासिनताका कारण साचे अनुरुप जिल्लाको खाद्यन्न उत्पादन हुन सकिरहेको छैन । 

जिल्लाको खेतियोग्य जमिन र उत्पादन क्रमको तुलनामा अझैँ खाद्यन्न बालि उत्पादन नभएको पाइएको छ । बढ्दो शहरीकरणका कारण हाल चन्दननाथ नगरपालिका भित्रको करीब १ हेक्टर बढि खेतियोग्य जमिनमा वस्तीविस्तारका लागि घर तथा ठुला भवनहरु निर्माण भैरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए कक्षा १२ को परीक्षा स्थगित, भोलिमात्रै नयाँ तालिका सार्वजनिक गर्ने आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो) स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने