नन्दराम जैशी/कात्तिक ३, जुम्ला । यस बर्ष जुम्लामा खाद्यन्न अभाव नहुने अनुमान गरीएको छ । 

गत बर्षहरुको तुलनामा यस बर्ष जुम्लामा खाद्यन्न बालि उत्पादनमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/कात्तिक ३, जुम्ला । यस बर्ष जुम्लामा खाद्यन्न अभाव नहुने अनुमान गरीएको छ । 

गत बर्षहरुको तुलनामा यस बर्ष जुम्लामा खाद्यन्न बालि उत्पादनमा"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बर्षभरी जुम्लामा खाद्यन्न अभाव नहुने अनुमान

२०७३, ३ कार्तिक बुधबार १२:४४

नन्दराम जैशी/कात्तिक ३, जुम्ला । यस बर्ष जुम्लामा खाद्यन्न अभाव नहुने अनुमान गरीएको छ । 

गत बर्षहरुको तुलनामा यस बर्ष जुम्लामा खाद्यन्न बालि उत्पादनमा बृद्धि हुने संकेत देखिएपछि यस बर्ष जुम्लामा खाद्यन्न अभाव नहुने अनुमान गरीएको हो । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्ला जिल्लालाई बार्षिक आवाश्वक २० हजार मेक्ट्रीकटन खाद्यन्नमध्य यस बर्ष जुम्लामै १९ हजार मेक्ट्रीकटन खाद्यन्न उत्पादन हुने अनुमान गरीएको छ । 

कार्यालयका योजना अधिकृत बालकराम देबकोटाले भन्नुभयो, जुम्ला जिल्लाको १ लाख ८ हजार ९ सय २१ जनसंख्यालाइ बार्षिक रुपमा प्रति ब्यक्ति आवाश्यक १ सय ९१ के.जि का दरले जम्मा २० हजार मेक्ट्रीकटन खाद्यन्न आवाश्यक पर्छ तर यस बर्ष जुम्लामै १९ हजार मेक्ट्रीकटन खाद्यन्न उत्पादन हुने अनुमान गरीएकाले जुम्लामा यस बर्ष खाद्यन्न अभाव हुदैन । 

बाँकि अपुग १ हजार मेक्ट्रीकटन खाद्यन्न खरीदका लागि स्थानियले आफै उत्पादन गरेको सिमि र आलुको बिक्रि तिरण तथा प्रयोगबाट जिल्लाको खाद्यन्न पुर्ति भैरहेको छ, भन्नुभयो । जुम्लामा यस बर्ष उत्पादन भएका खाद्यन्न बालिहरुमा रोग किरा कम लागेकोले, खाद्यन्न बालिलाइ आवाश्यकता अनुसार समय अनुकुल बर्षा भएकाले र खडेरी तथा ठुलो मात्रामा क्षेत्रि गर्ने गरी असिनापानि नपरेकाले यस बर्ष जुम्लामा १९ हजार मेक्ट्रीकटन खाद्यन्न उत्पादन हुने दावि गर्दै देबकोटाले जिल्लामा खाद्यन्न अभाव नहुने तर्क गर्नु भयो । 

पहिल्ला बर्षहरुमा किसानको चेतना स्तर बृद्धि हुनुका साथै किसानहरुले उन्नत जातको बालि लगाउने, समयमै उचित मल तथा सिँचाइ गर्ने, बालिमा रोग किरा ब्यवस्थापन गर्ने लगाएतका कार्य गर्दै आएले जुम्लाको खाद्यन्न उत्पादनमा बृद्धि हुदै गएको उहाको भनाइ छ । कर्णालीका ५ जिल्ला सहित हाल नेपालका २४ वटा जिल्लामा खाद्यन्न अपुग भैरहेको अवस्थामा अबको ५ बर्ष भित्र जुम्ला जिल्लालाइ पनि खाद्यन्न पुग्ने जिल्लाको रुपमा घोषणा गरीने जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । 

विगत दुइ, तिन बर्षयता बढ्दो क्रममा रहेको जुम्लाको खाद्यन्न अवस्थालाइ मुल्याङकन गर्दा अबको ५ बर्षपछि जुम्ला पुर्ण रुपमा खाद्यन्न पुग्ने जिल्लाको रुपमा घोषणा हुने कार्यालय स्रोतले बताएको छ । अहिले जुम्लाको अपुग खाद्यन्न अवस्थालाइ पुर्ति गर्न स्थानियले नजिकैको ब्यापारीक खाद्यन्न पसल तथा नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्ला मार्फत खाद्यन्न खरीद गरी रहेका छन् । 

आफै उत्पादन गरेको धान अगुग हुने कृषकहरुले अन्य खाद्यन्न बालि, जौँ, कोदो, मकै, गौँ, सिमि, आलु लगाएतका बस्तु बेचेर चामल खरीद गरीरहेका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्याङक अनुसार जुम्लामा विस्तारै बढ्दो शहरीकरण र कृषि पेशाप्रति युवाहरुको उदासिनताका कारण साचे अनुरुप जिल्लाको खाद्यन्न उत्पादन हुन सकिरहेको छैन । 

जिल्लाको खेतियोग्य जमिन र उत्पादन क्रमको तुलनामा अझैँ खाद्यन्न बालि उत्पादन नभएको पाइएको छ । बढ्दो शहरीकरणका कारण हाल चन्दननाथ नगरपालिका भित्रको करीब १ हेक्टर बढि खेतियोग्य जमिनमा वस्तीविस्तारका लागि घर तथा ठुला भवनहरु निर्माण भैरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन