२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

हाजीहरुलाई संयुक्त बधाई ज्ञापन

२०७३, ३ कार्तिक बुधबार १२:५१

कात्तिक ३, नवलपरासी । साउदी अरबको मक्का मदिना पुगी हज गर्ने हाजीहरुलाई मंगलबार संयुक्त बधाई ज्ञापन गरिएको छ । जामिया एमाम अहमद रजा मदरसा चिमन टोला नवलपरासीले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा जिल्लाका ७ जना हाजीहरुलाई बधाई दिइएको थियो ।

सम्पन्नशाली र ईच्छाइएको व्यक्तिले जिवनको एकपटक पनि हज गर्न पाए आफुँलाई जिवनको सबैभन्दा ठुलो खुशी अनुभुति गर्छन् । यसवर्ष जिल्लाबाट ७ जना हाजीहरु हज गर्न गएका थिए । एक महिनाको समयमा हज गरि घर फर्किएका हाजीहरुलाई जिल्लाका मुस्लिम समुदायहरु बधाई दिदै हजका सिद्धान्तहरु व्यवहारमा उतार्न हाजीहरुलाई आग्रह गरेका थिए ।


कार्यक्रममा तन्जीमुल ओल्मा युनियन समितीका अध्यक्ष मौलाना सैयद गुलाम हुसैनले हाजी हुन ठुलो कुरो होईन तर यसलाई जिवनमा उतार्न हजको सफलता रहेको बताउनु भयो । अध्यक्ष हुसैनले हाजीहरुले नियमित नमाज, कुरान पढने, ब्रत बस्ने, दानपुन गर्ने, झैझगडाबाट बच्ने, साँचो बोल्ने र विभिन्न गलत क्रियाक्लापबाट बच्न आग्रह गर्नु भयो । हज गरेपछि व्यक्तिको सबै पाप धुल्छ तर पुनः गलत काममा लाग्ने हाजीको हज रद्द समेत हुने गरेको अध्यक्ष हुसैनले बताउनु भयो ।

कार्यक्रममा मौलाना जुल्फेकार अहमद, हाजी तैयब अलि अंसारी लगायतले धार्मिक शिक्षाबाट टाँढिदै गएका मुस्लिम समुदायलाई विभिन्न मदरसाहरुबाट शिक्षा प्रदान गर्न धर्मावलम्बीहरुलाई आग्रह गर्नु भयो । ईस्लाम धर्मको संरक्षण र यसका सांस्कृतिलाई जोगाउन सबै एकजुट हुनु पर्ने वक्ताहरुले आग्रह गरका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा