हाजीहरुलाई संयुक्त बधाई ज्ञापन

Posted on: 19 Oct, 2016

कात्तिक ३, नवलपरासी । साउदी अरबको मक्का मदिना पुगी हज गर्ने हाजीहरुलाई मंगलबार संयुक्त बधाई ज्ञापन गरिएको छ । जामिया एमाम अहमद रजा मदरसा चिमन टोला नवलपरासीले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा जिल्लाका ७ जना हाजीहरुलाई बधाई दिइएको थियो ।

सम्पन्नशाली र ईच्छाइएको व्यक्तिले जिवनको एकपटक पनि हज गर्न पाए आफुँलाई जिवनको सबैभन्दा ठुलो खुशी अनुभुति गर्छन् । यसवर्ष जिल्लाबाट ७ जना हाजीहरु हज गर्न गएका थिए । एक महिनाको समयमा हज गरि घर फर्किएका हाजीहरुलाई जिल्लाका मुस्लिम समुदायहरु बधाई दिदै हजका सिद्धान्तहरु व्यवहारमा उतार्न हाजीहरुलाई आग्रह गरेका थिए ।


कार्यक्रममा तन्जीमुल ओल्मा युनियन समितीका अध्यक्ष मौलाना सैयद गुलाम हुसैनले हाजी हुन ठुलो कुरो होईन तर यसलाई जिवनमा उतार्न हजको सफलता रहेको बताउनु भयो । अध्यक्ष हुसैनले हाजीहरुले नियमित नमाज, कुरान पढने, ब्रत बस्ने, दानपुन गर्ने, झैझगडाबाट बच्ने, साँचो बोल्ने र विभिन्न गलत क्रियाक्लापबाट बच्न आग्रह गर्नु भयो । हज गरेपछि व्यक्तिको सबै पाप धुल्छ तर पुनः गलत काममा लाग्ने हाजीको हज रद्द समेत हुने गरेको अध्यक्ष हुसैनले बताउनु भयो ।

कार्यक्रममा मौलाना जुल्फेकार अहमद, हाजी तैयब अलि अंसारी लगायतले धार्मिक शिक्षाबाट टाँढिदै गएका मुस्लिम समुदायलाई विभिन्न मदरसाहरुबाट शिक्षा प्रदान गर्न धर्मावलम्बीहरुलाई आग्रह गर्नु भयो । ईस्लाम धर्मको संरक्षण र यसका सांस्कृतिलाई जोगाउन सबै एकजुट हुनु पर्ने वक्ताहरुले आग्रह गरका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!