२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

हेफरले महिलाहरुलाई आत्मानिर्भर बनाउँदै

२०७३, ३ कार्तिक बुधबार १२:५८

प्रेम सुनार/कात्तिक ३, गुल्मी ।  हेफर ईन्टरनेशनल नेपाल नामक संस्थाले सरकार संग साँझेदारी गर्दै गुल्मीका ६ वटा गाविसका महिलाहरुलाई सशक्तीकरण गर्दै आत्मा निर्भरता तर्फ उन्मुख गरिरहेको छ । 

हेफरले गत १० महिना देखि गुल्मीको जैसीथोक , धुर्कोट रजस्थल, वस्तु, अमरपुर, अर्जै र ईस्मारजस्थल सहित ६ वटा गाविसका सयौं महिलाहरुलाई आत्मनिर्भर बनाउन सुरु गरेको हो । सुरुवातमा लेख्ने र बोल्ने शैलीको विकास गरेर आफ्नो राज्य संग आफ्नो अधिकार खोज्ने, विकास निर्माण लगायत गाविस, जिल्लाका उपभोक्ता समिति र जनप्रतिनिधी मुलक संघ संस्थाहरुमा आफ्नो सम्मान जनक प्रतिनिधीत्व खोज्ने जस्ता कुराहरुमा तालिम सञ्चालन ग¥यो ।  

लगत्तै आत्मा निर्भताका लागि तरकारी खेती, घर वगैचार  निर्माण, उन्नत विउ विजन उत्पादन र आधुनिक वाख्रा पालनको सिप विकास गराएको हेफरले अहिले लक्ष्य अनुसारको प्रगति यहाँका महिलाहरुबाट गराएको छ । । ति मध्ये अझ नमुना कार्य उसको साँझेदारी संस्था  नव प्रभात युवा संघद्धारा अमुर गाविसमा गरेको प्रष्ट देख्न सकिन्छ ।

एक समय अर्काको मेला पात गरेर मुस्कीलले जिविका गर्ने गरेकी अमरपुर १ की उजेली कुमालले तरकारी र पाख्रा पालन गरेर कसैको मुख ताक्न नपर्ने अवस्थामा पुगेकी छिन् । सोही गाउँकी पुर्णकला आचार्य, वडा नम्वर २ की देवकला थापा, ३ की जमुना कुँवर, वडा नम्वर ५ की पुतला महत, ६ की शोभा महत, ७ की तुल्सा पराजुली  र वडा नम्वर ९ की मिना गिरी लगायत त्यस गाविसका १ सय ८६ घरधुरीका परिवारको घर वगैचा, व्यवसायीक तरकारी खेती वाख्रा पालनले  मुहार फेरिदो अवस्थामा पुगेको छ ।

नुमना कार्य अवलोकन तथा थप प्रशिक्षित गर्न पहिलो पटक हेपर ईन्टरनेशनलका केन्द्रिय कार्यक्रम निर्देशक डाक्टर तिर्थराज रेग्मी अमरपुरमा आएर फर्किएका छन् । उनि सहित गुल्मी क्षेत्र नम्वर ३ का सांसद गोकर्णराज विष्ट, संयुक्त राष्ट्र संघका पुर्व उपमहासचिव कुलचन्द्र गौतम जस्ता व्यक्तिहरु आएर त्यहाँका महिलाहरुको प्रगति देखेर प्रंशंसा गरे ।  त्यस अवसरमा त्यहाँका महिलाहरुलाई ३ सय ३१ वटा वाख्रा र उन्नत जातका ८ वटा वोका समेत उपहार दिएर उनिहरु फर्किएका छन् ।  खोर निर्माण, नस्ल सुधार, आदि कार्यमा पंरशसनीय कार्य गरेका त्यहाँका महिलाहरुका वारेमा नव प्रभातबाट खटिएका परियोजना संयोजक प्रकाश चालिसेले जानकारी गराउँदै हेफरको लक्ष्य र उद्देश्य अनुरुपको काम भएको बताए ।

हेफर ईन्टरनेशनल नेपालका गुल्मी जिल्ला संयोजक शरद श्रेष्ठले जिल्लाका ६ वटा गाविसमा ३ वर्षे उक्त कार्यक्रम सञ्चालन गरिएको र कम्तीमा पनि प्रति परिवार वार्षिक २ लाख आम्दानी उपलव्ध गराउने लक्ष्य लिईएको बताए ।

केन्द्रिय कार्यक्रम निर्देशक डाक्टर रेग्मीले देशका ४२ वटाा जिल्लामा यस्ता कार्यक्रमहरु गर्न लागिएको र गुल्मीमा थप कार्यक्रमहरु सञ्चालन गर्न सकिने बताए ।  वाख्रा उपहार कार्यक्रममा नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका जिल्ला प्रतिनिधी लक्ष्मण विष्ट, माओवादी केन्द्रका जिल्ला संयोजक  विरबहादुर कार्की, पशु सेवा कार्यालयका प्रमुख डाक्टर कल्याणकुमार श्रेष्ठ, गैह्र सरकारी महासंघका अध्यक्ष विष्णुप्रसाद भण्डारी लगायतका वक्ताहरुले हेफरले सञ्चालन गरेका कार्यक्रमहरुको खुलेर प्रशंसा गरेका थिए ।

त्यो संगै संयुंक्त राष्ट्र संघका पुर्व उप महासचिव कुलचन्द्र गौतमले आफ्नी स्वर्गिय माताका नाममा स्थापना गरेको हिमा गौतम स्मृति कोषद्धारा त्यहाँका विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो ।

उक्त कोषका कार्यवाहक अध्यक्ष नारायण पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवप्रभात युवा संघका अध्यक्ष शंकरप्रसाद पन्थको स्वागत मन्तव्य र अमरपुर गाविस सचिव नारायण महतका सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश