२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा आमाबाट बच्चामा सर्ने एचआइभी सङ्क्रमण शून्यमा झारिने

२०७३, ४ कार्तिक बिहीबार ०७:२४

कात्तिक ४, रोल्पा । रोल्पा जिल्लाका गर्भवती आमाबाट बच्चामा सर्ने एचआइभीलाई शून्यमा झार्ने जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । 

सोका लागि हरेक गर्भवती आमाले अनिवार्य रुपमा एचआइभी टेस्ट गर्ने कार्यको थालनी गरिएको छ । गत वैशाखदेखि सुरु गरिएको गर्भवती महिलाको एचआइभी परीक्षण (पिएमटिसिसी) सेवा जिल्लाका सबै प्रसूतिगृहबाट दिइँदै आएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका एचआइभी एड्स फोकल पर्सन नोखराज पोख्रेलले जानकारी दिनुभयो । 

एकसय दुईजना गर्भवती आमामा गरिएको परीक्षणमा पोजिटिभ नभेटिएको पोख्रेलले बताउनुभयो । जिल्लामा गर्भवती आमाबाट एचआइभी सरेका बालबालिकाको सङ्ख्या पाँचजना रहेको छ । उनीहरुलाई हाल किड्स नामक गैरसरकारी संस्थाले पोषणका लागि मासिक रु एक हजारका दरले भत्तासमेत दिँइदै आएको छ । 

जिल्लामा २२ पुरुष, २० महिला र पाँच बालबालिकासहित ४७ जना सङ्क्रमित रहेका छन् । रोल्पाबाहिर घर भएका दुईजना समेत ४९ जना सङ्क्रमित रहेको बताइएको छ । हालसम्म सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भइसकेको रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिनुभयो । 

एचआइभी सङ्क्रमितलाई आकस्मिक सहयोग गर्ने भन्दै जिल्लामा एड्स कल्याणकारी कोषको समेत स्थापना गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन