राम नारायण पंडित/कात्तिक ४, सिरहा । सिरहामा सवारी दुर्घटनामा परि मृत्यु भएकाहरुको सनाखत भएको छ । 

सिरहाको मिर्चैयामा गएराति बस र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/कात्तिक ४, सिरहा । सिरहामा सवारी दुर्घटनामा परि मृत्यु भएकाहरुको सनाखत भएको छ । 

सिरहाको मिर्चैयामा गएराति बस र"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा सवारी दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत

४ कार्तिक २०७३, बिहीबार ०९:३७


राम नारायण पंडित/कात्तिक ४, सिरहा । सिरहामा सवारी दुर्घटनामा परि मृत्यु भएकाहरुको सनाखत भएको छ । 

सिरहाको मिर्चैयामा गएराति बस र ट्रक एक आसपमा ठाकिदा घटनास्थलमा मृत्यु भएका भारत सिक्कीम ग्यान्टोकका ३३ बर्षिय पायल अग्रवाल, सोही ठाउँका ३० बर्षिय विन्दीया गुरुङ्ग र पाँचथर रवी ६ का ३५ बर्षिया ननुका राईको सनाखत भएको छ । 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिर्चैयामा ना ५ ख ४८८९ नम्बरको यात्रुवाहक बसलाई ना ३ ख ४१३० नम्बरको ट्रकले गएराति करीब १२ बजे ठक्कर दिँदा एक दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् । 

दुर्घटनामा परी काठमांडौ घर भएकी अनुका थापा, सोही ठाउँका विरु खरेल, सुमन, सोडिया थापा, सर्डियस क्षेत्री, सरोज थापा,  संखुवासभा धुपु ५का दिलु कलाखेती, ईलाम आमचौक ३ का कसीस क्षेत्री, पशुपतिनगर ५ बस्ने लाक्पा तामाङ, बारा सिमरा निवासी हिरा कार्की, सोही ठाउँका अदिति कार्की, कृष्ण बहादुर कार्की र पाँचथर रवि ५ बस्ने मनोज राई घाइते भएका छन् । 

घाइते मध्ये अबस्था गम्भिर रहेका अनुका थापा, विरु खरेल, सुमन र सोडिया थापालाई थप उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक शिब नारायण कुमर दनुबारले जानकारी दिए । 

समान्य घाइतेहरुको स्थानिय स्तरमा उपचार भईरहेको छ भने केहि उपचार गराई घर फर्कि सकेका छन् । यता, दुर्घटनामा परेका दुवै सबारी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरीले जानकारी दिए । शवलाई पोष्टमार्टमको लागि लहान अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान