राम नारायण पंडित/कात्तिक ४, सिरहा । सिरहामा सवारी दुर्घटनामा परि मृत्यु भएकाहरुको सनाखत भएको छ । 

सिरहाको मिर्चैयामा गएराति बस र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/कात्तिक ४, सिरहा । सिरहामा सवारी दुर्घटनामा परि मृत्यु भएकाहरुको सनाखत भएको छ । 

सिरहाको मिर्चैयामा गएराति बस र"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा सवारी दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत

२०७३, ४ कार्तिक बिहीबार ०९:३७


राम नारायण पंडित/कात्तिक ४, सिरहा । सिरहामा सवारी दुर्घटनामा परि मृत्यु भएकाहरुको सनाखत भएको छ । 

सिरहाको मिर्चैयामा गएराति बस र ट्रक एक आसपमा ठाकिदा घटनास्थलमा मृत्यु भएका भारत सिक्कीम ग्यान्टोकका ३३ बर्षिय पायल अग्रवाल, सोही ठाउँका ३० बर्षिय विन्दीया गुरुङ्ग र पाँचथर रवी ६ का ३५ बर्षिया ननुका राईको सनाखत भएको छ । 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिर्चैयामा ना ५ ख ४८८९ नम्बरको यात्रुवाहक बसलाई ना ३ ख ४१३० नम्बरको ट्रकले गएराति करीब १२ बजे ठक्कर दिँदा एक दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् । 

दुर्घटनामा परी काठमांडौ घर भएकी अनुका थापा, सोही ठाउँका विरु खरेल, सुमन, सोडिया थापा, सर्डियस क्षेत्री, सरोज थापा,  संखुवासभा धुपु ५का दिलु कलाखेती, ईलाम आमचौक ३ का कसीस क्षेत्री, पशुपतिनगर ५ बस्ने लाक्पा तामाङ, बारा सिमरा निवासी हिरा कार्की, सोही ठाउँका अदिति कार्की, कृष्ण बहादुर कार्की र पाँचथर रवि ५ बस्ने मनोज राई घाइते भएका छन् । 

घाइते मध्ये अबस्था गम्भिर रहेका अनुका थापा, विरु खरेल, सुमन र सोडिया थापालाई थप उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक शिब नारायण कुमर दनुबारले जानकारी दिए । 

समान्य घाइतेहरुको स्थानिय स्तरमा उपचार भईरहेको छ भने केहि उपचार गराई घर फर्कि सकेका छन् । यता, दुर्घटनामा परेका दुवै सबारी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरीले जानकारी दिए । शवलाई पोष्टमार्टमको लागि लहान अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन