२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेस्सीको नाम लिएपछि यसरी जोगियो ९० वर्षीया हजुरआमाको ज्यान

२०८०, २५ फाल्गुन शुक्रबार ०७:३३

फागुन २५, काठमाडौँ | इजरायलमा मेस्सीको नामसँग जोडिएको एउटा रमाइलो घटना भएको छ । इजरायल र प्यालेस्टाइनले लामो समयदेखि एकअर्कामाथि आक्रमण गर्दै आएका छन् । 

इजरायलको किबुट्ज निर ओजमा भएको एक घटनामा मेस्सीको नामका कारण एक यहुदी–अर्जेन्टिनी हजुरआमाको ज्यान जोगिएको छ । त्यो घटनाको विषयमा अहिले आएर ती हजुरआमाले आफ्नो अनुभव सार्वजनिक गरेकी छन् ।  

९० वर्षीया ती हजुरआमाको नाम एस्टर कुनियो हो । उनका अनुसार, घटना गत अक्टोबर ७ ताखिरको हो । त्यो दिन कुनियोको घरमा सशस्त्र आक्रमणकारीले हमला गरे । त्यतिबेला कुनियोको घरमा परिवारका अन्य सदस्य पनि उपस्थित थिए ।


बन्दुकधारीहरुले कुनियोको परिचय माग गरे । खासमा बन्दुकधारीहरु कुनियो र उनको परिवारमाथि भौतिक कारवाही गर्ने योजनामा थिए । त्यसका लागि नै उनीहरु कुनियोकासँग विभिन्न वाहाना बनाएर केरकार गरिरहेका थिए ।  

तर, हजुरआमा कुनियोलाई स्थानीय भाषा र हिब्रु भाषा पनि राम्ररी बोल्न आउँदैन थियो । सञ्चारकर्मीसँगको कुराकानीमा कुनियो भन्छिन्, ‘म उनीहरुको भाषा बुझिरहेकी थिइन् । त्यसैले मैले आक्रमणकारीलाई आफू उनीहरुको स्थानीय भाषा र हिब्रु भाषाबाट पनि अनभिज्ञँ रहेको बताएँ । तर, उनीहरुले पनि मेरो भाषा बुझेनन् । खासमा म अर्जेन्टिनी र स्पेनिस भाषामात्र बुझ्थेँ ।’

दुबै पक्षबिच भाषाको समस्या भएपछि हजुरआमाले आक्रमणकारीलाई आफ्नो कुरा बुझाउने एउटा जुक्ति झिकिन् । उनी भन्छिन्, ‘मैले उनीहरुलाई आफू अर्जेन्टिनाबाट आएको बताएँ । त्यसपछि उनीहरुले अर्जेन्टिना भनेको के हो ? भनेर मसँग सोधे । केही सिप नलागेपछि मैले आक्रमणकारीहरुसँग लियोनल मेस्सीको नाम लिएँ । मैले उनीहरुलाई म मेस्सीको देशबाट आएकी हुँ भनेर भनेँ ।’

सञ्चारकर्मीसँग त्यसपछिको घटना सुनाउँदा हजुरआमा कुनियो निकै खुशी देखिन्छिन् । ‘मेस्सीको नाम लिनासाथ चमत्कार भयो । निकै रुखो भाषमा हामीसँग केरकार गरिरहेका आक्रमणकारीहरु एकाएक नरम भए । उनीहरु छक्क पनि परे । उनीहरुले मेस्सी आफ्नो सबैभन्दा प्रिय खेलाडी भएको बताए । त्यसपछि आक्रमणकारीमध्ये एकले मेरो काँधमा आफ्नो हात राख्यो । उसले आफ्नो बन्दुक पनि मलाई दियो । उनीहरुलाई मलाई शान्तिको चिन्ह बनाउन लगाए । मसँग तस्बिर पनि खिचाए । त्यसपछि मलाई लाग्यो, अब भने म र मेरो परिवारको जीवन जोगिने छ,’ कनियो भन्छिन् ।

हजुरआमा कुनियोले यसका लागि मेस्सीलाई हृदयदेखि आभार पनि ब्यक्त गरेकी छन् । ‘म यो कुरा मेस्सीसम्म पनि पुगोस् भन्ने चाहन्छु । आज उनकै कारणले हाम्रो जीवन जोगिएको छ । म मेस्सीसँग अर्को अनुरोध पनि गर्न चाहन्छु । मेरा नाति–नातिनाहरु पनि यसअघि नै अपहरणमा परेका छन् । उनीहरुको नाम डेभिड र एरियल हो । प्रिय मेस्सी, कृपया तिमी आक्रमणकारीहरुलाई मेरा नाति–नातिनाको रिहाइका लागि अनुरोध गरिदेउ न,’ निकै भावुक देखिएकी कुनियोले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता