कृष्ण कँडेल/कात्तिक ५, बुर्तिबाङ । बुर्तिबाङ क्याडमिन्टन क्लवको छैठौँ बर्षिकोत्सवको अवसरमा अयोजना गरिएको दोस्रो पश्चिमाञ्चल क्षेत्र स्तरिय ब्याडमिन्ट प्रतियोगिता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल/कात्तिक ५, बुर्तिबाङ । बुर्तिबाङ क्याडमिन्टन क्लवको छैठौँ बर्षिकोत्सवको अवसरमा अयोजना गरिएको दोस्रो पश्चिमाञ्चल क्षेत्र स्तरिय ब्याडमिन्ट प्रतियोगिता"/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

क्षेत्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि वुटवललाई

२०७३, ५ कार्तिक शुक्रबार ०२:१३

कृष्ण कँडेल/कात्तिक ५, बुर्तिबाङ । बुर्तिबाङ क्याडमिन्टन क्लवको छैठौँ बर्षिकोत्सवको अवसरमा अयोजना गरिएको दोस्रो पश्चिमाञ्चल क्षेत्र स्तरिय ब्याडमिन्ट प्रतियोगिताको उपाधि बुटवलले जीतेको छ । 

बागलुङको बुर्तिबाङमा भएको प्रतियोगितामा पुरुश युगल र एकाल दुवै तर्फको उपाधि बुटवल ब्याडमिन्टन क्लवले जितेको हो । युगल तर्फ बुटवलले फाईनलमा म्याग्दीको टिमलाई परिजित गरेको थियो । 

बुटवलका गणेश रायमाझिको जोडिले म्याग्दीका सुरेन्द्र हमालको जोडिलाई १५–२१, २१–२० र २२–२० को अन्तरले पराजित गरेको खेलका रेफ्रि उदय आर्यालले जानकारी दिए ।

फाईनलमा पराजित भएको म्यादीका सुरेन्दै हमाल र विजय बानियाँको जोडि द्वितिय भएको छ । दुई टिमलाई तृतिय बनार्ईको प्रतियोगितामा म्याग्दीका सिजन गौचनको जोडि तथा बुर्तिबाङ ब्याडमिन्टन क्लवका सोमबहादुर पौवि यामुको जोडि तृतिय भएको छ ।  प्रतियोगितामा प्रथमले नगद २० हजार रुपैयँ, द्वितियले १० हजार र तृतिय हुने दुवै टिमले समान २ हजार ५ सय रुपैयाँ हात परेका छन् ।  

पुरुश एकाल तर्फको उपाधि पनि बुटवल ब्यडमिन्टन क्लवका गणेश रायमाझिले नै जितेका छन् । रायमाझिले बुर्तिबाङ ब्याडमिन्टन क्लवका दिलेन्द्र पुनलाई २२–२० र २१–१६ को सोझो सेटमा हराउँदै उपाधि जितेका क्लवका संस्थापक अध्यक्ष सोमबहादुर पौवि यामुले जानकारी दिए ।

एकलमा बागलुङका विवेक जीसी र बागलुङकै राजिन खड्का तृतिए भएका छन् । प्रथमले १५ हजार रुपैयाँ, द्वितियले १० हजार र तृतिय हुने दुवै जनाले समान २ हजार रुपैयाँ पाएका छन् ।  

पुरुश युगलको जुनियर तर्फ बुर्तिबाङ ब्याडमिन्टन क्लवका अमर लोप्चन र अजित कुँवरको जोडि विजयि भएको छ । 

अमरको जोडिले बुर्तिबाङ ब्यडमिन्टन क्लवकै अर्को टिमका झक शर्मा र सरोज घर्तीको जोडिलाई २१–१०, २०–२२ र २१–१५ को सेटमा पराजित गरेको हो । फाईनल खेलमा पराजित भएपछि बुर्तिबाङ ब्याडमिन्टन क्लवका झक शर्माको जोडि द्वितिय भएकोे छ । 

जुनियरमा बागलुङ गलकोटका दिलिप श्रेष्ठ र बाबुराम चालिसेको जोडि तथा गुल्मी–बुर्तिबाङ टिमबाट खेलेका नविन श्रेष्ठ र हेमेन्द्र सेरचनको जोडि तृतिय भएको छ । प्रथमले १० हजार, द्वितियले ७ हजार र तृतिय हुने दुवै टिमले समान १ हजार ५० सय रुपैयाँ हात परेका छन् । 

क्षेत्रिय प्रतियोगितामा पुरुश युगल तर्फ २२ समुह, जुनियर तर्फ २१ समुह र एकल तर्फ २० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा पश्चिमाञ्चल विकाश क्षेत्रका गुल्मी, रुपन्देही, अर्घाखाची, पर्वत, म्याग्दी, कास्की, पाल्पा, बागलुङ लगायतका जिल्लाबाट खेलाडीहरु साहगागी भएका थिए ।  प्रतियोगिता बुर्तिबाङ बजारमा रहेको बवर्ड हलमा सञ्चालन भएको थियो ।

प्रतियोगितामा विजयी खेलाडीलाई सांसद ज्ञानकुमारी छन्त्याल र बुर्तिबाङ नगरविकाश समितिका अध्यक्ष अर्जुन सेरचनले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम क्लवका अध्यक्ष ईन्द्र घर्तीको अध्यक्षता र पत्रकार रामनारायण सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै