असोज ५ पर्वत ।
 पर्वत जिल्ला अस्पतालमा उपचार सेवा ब्यवस्थित गराउन यहाँका स्थानीयबासीले अस्पतालका प्रमुखलाई सुझाव दिएका छन् ।  अस्पतालमा डाक्टरहरु विचमै असमझदारी हुँदा विरामीहरुले सास्ती बेहोर्नु परेको गुनासो आएपछि उनिहरुले ब्यवस्थित र समझदारीमा विरामीहरुको उपचा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ५ पर्वत ।
 पर्वत जिल्ला अस्पतालमा उपचार सेवा ब्यवस्थित गराउन यहाँका स्थानीयबासीले अस्पतालका प्रमुखलाई सुझाव दिएका छन् ।  अस्पतालमा डाक्टरहरु विचमै असमझदारी हुँदा विरामीहरुले सास्ती बेहोर्नु परेको गुनासो आएपछि उनिहरुले ब्यवस्थित र समझदारीमा विरामीहरुको उपचा"/>
२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुन औषधि दिने भन्ने विषयमा डाक्टरहरु विच विवाद सेवाग्राही अस्पताल छाडेर पोखारा पुगे

२०७३, ५ कार्तिक शुक्रबार ०४:४४

असोज ५ पर्वत ।
 पर्वत जिल्ला अस्पतालमा उपचार सेवा ब्यवस्थित गराउन यहाँका स्थानीयबासीले अस्पतालका प्रमुखलाई सुझाव दिएका छन् ।  अस्पतालमा डाक्टरहरु विचमै असमझदारी हुँदा विरामीहरुले सास्ती बेहोर्नु परेको गुनासो आएपछि उनिहरुले ब्यवस्थित र समझदारीमा विरामीहरुको उपचार गर्नुपर्ने बताएका हुन् । जिल्ला अस्पतालमा उपचारार्थ रहेका विरामीलाई एक डाक्टरले दिएको औषधी तत्काल अर्को डाक्टरले परिवर्तन गरिदिएको भन्दै विरामीका आफन्तले गुनासो गरेपछि मिडियाकर्मी, सिसेफ नेपाल संस्थाका महिला समुह लगायतले विहिवार अस्पताल पुगी डाक्टरहरुलाई सुझाव दिएका हुन् । आजको सहारान्यूजमा खबर छ ।
     शनिवार देखी ५ दिन सम्म टाइफाइड इुटिआई सम्वन्धी विरामी भएका १० वर्षिय दिवस सापकोटालाई भर्ना गरेर राखिएपनि उनलाई निको नहुनुको कारण अस्पतालको कमजोरी रहेको उनका आफन्तले जनाएका छन् । विरामी सापकोटाको आमा गौरी सापकोटाका अनुसार डा. सारोजले चलाइरहेको औषधीलाई प्रमुख डा. फणिन्द्रप्रसाद बरालले चलाउन नदिएका कारण विरामी निको नभएर उनलाई पोखरा उपचारार्थका लागि लगिएको आरोप लगाइन् ।उनले भनिन् ‘आफुले अस्पतालमा छोरालाई कुरेर बस्दा डाक्टरहरु विचमा औषधी कुन चलाउने भन्नेमा विवाद भएकै   कारण छोराको उपचार राम्रो हुन सकेन, त्यसकारण अस्पतालको विस्वास नलागेर पोखरामा उपचारको लागि लगिएको हो ।’ उनले भनिन ।
     यसको विषयमा अस्पतालका प्रमुख डा. फण्न्द्रिप्रसाद बरालसँग छलफल गर्दा विवाद नभएको बताए । उनले डा. सरोजले विरामीलाई चलाउँदै आएको औषधी ब्रुुफिनको सट्टा सिटामोल मात्र फेरीएको र अरु मुख्य औषधीहरु कुनै पनि परिवर्तन नगरिएको जवाफ दिएका थिए ।      यसैगरी साझा स्वास्थ्य सेवा औषधी विक्रीकक्षले समेत औषधीमा छुट दिने भनेर सेवा संचालन गरेको भनिएपनि औषधीमा छुट नदिएको पाइएपछि ५ प्रतिशत छुटमा औषधी पाउनुपर्ने सर्वसाधारणले बताएका थिए । सो औषधी विक्री कक्षले चिनेको ब्यक्ति या मान्छे हेरेर मात्र छुट दिने गरेको गुनासो आएको थियो ।
    कुनै समय सिफीक्सीमको ठाउँमा सिफोडोक्सीम औषधी समेत दिइएको बाहिर आएको थियो । यता औषधी कक्षका कृष्ण दाहालले ५ प्रतिशत सम्म छुट दिन सकिने बताएका छन् । अर्कोतिर जिल्ला अस्पतालमा रहेको अस्पताल विकास समिति मार्फत संचालन भएको ल्याब परिक्षणमा समेत मुल्य वृद्धि भएको छ ।
     यसरी भएको मुल्य वृद्धिले ल्याब टेस्ट गर्ने सर्वसाधारण विरामीहरु मर्कामा परेका छन् । विहिवार अस्पताल पुगेका स्थानीय तथा सिसेफ नेपालका पुर्व अध्यक्ष टकं लामिछानेले अस्पतालमा राम्रो काम हुँदा सम्मान गरिने र नराम्रो भएमा खबरदारी गर्न सबै एकजुट हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने