५ कात्तिक,  भोर्ले,पर्वत ।
नेष्डो सुचना विभाग÷पर्वत जिल्लाको भोर्ले गाविस वडा नम्बर २ निवासी शैक्षिक सामाजिक एवंम धार्मिक व्यक्तित्व स्वर्गीय विष्णुशरण भुषालको १३ औँ पूण्यतिथिमा विहिवार एक श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । स्वर्गीय भुषालको ९६ वर्षको उमेरमा आफ्नै न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ५ कात्तिक,  भोर्ले,पर्वत ।
नेष्डो सुचना विभाग÷पर्वत जिल्लाको भोर्ले गाविस वडा नम्बर २ निवासी शैक्षिक सामाजिक एवंम धार्मिक व्यक्तित्व स्वर्गीय विष्णुशरण भुषालको १३ औँ पूण्यतिथिमा विहिवार एक श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । स्वर्गीय भुषालको ९६ वर्षको उमेरमा आफ्नै न"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धार्मिक व्यक्तित्वको निधनमा पर्वतको भोर्लेमा श्रद्धाञ्जली सभा सम्पन्न

५ कार्तिक २०७३, शुक्रबार ०५:१९

५ कात्तिक,  भोर्ले,पर्वत ।
नेष्डो सुचना विभाग÷पर्वत जिल्लाको भोर्ले गाविस वडा नम्बर २ निवासी शैक्षिक सामाजिक एवंम धार्मिक व्यक्तित्व स्वर्गीय विष्णुशरण भुषालको १३ औँ पूण्यतिथिमा विहिवार एक श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । स्वर्गीय भुषालको ९६ वर्षको उमेरमा आफ्नै निवास भोर्लेमा गत आश्विन २२ गतेका दिन निधन भएको थियो ।

सनातन धर्म परिषद पर्वतका अध्यक्ष एवंम केन्द्रिय पार्षद स्वर्गीय भुषाल नेपाली काग्रेस पर्वतका जिल्ला सदस्य एवंम पूर्व क्षेत्रिय अध्यक्ष तोयानाथ भुषालका बुबा हुनुहुन्थ्यो । उहाँले स्थानिय तहमा आधा दर्जन विद्यालय स्थापना,सेतीवेणी धार्मिक धामको विकास,लगायत स्थानिय तहमा विभिन्न धार्मिक एवंम विकास गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । श्रद्धाञ्जली सभामा बोल्दै प्रमुख अतिथि सांसद अर्जुन प्रसाद जोशीले स्वर्गीय भुषालको विकासप्रेमी सोच धार्मिक आस्था सवैका लागि प्रेरणादायी रहेको बताउदै भावि पुस्ताले उहाँका रचनात्मक कार्यको अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले स्वर्गीय भुषाल उच्च विचार सरल व्यवहार र सेवाका धनि रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेस पर्वतका सचिव विश्व प्रकाश प्रसाईले राष्ट्रियता,लोकतन्त्र र समाजवाद प्रति बफादार स्वर्गीय भुषालको समाजवादी धार्मिक व्याख्या र विचार सवैका लागि अनुशरणयोग्य रहेको बताउँदै नेपाली काग्रेस धार्मिक स्वतन्त्रताविच पर्यावाची सम्बन्ध रहेको बताउनुभयो ।

कार्यक्रममा महासमिति सदस्य खगेन्द्र तिवारी,गंगाधर तिवारी,जिल्ला सदस्य युक्त श्रेष्ठ,नेकपा एमालेका जिल्ला सदस्य रेशमलाल न्यौपाने,तरुणदल पर्वतका जिल्ला अध्यक्ष राज मल्ल तोरण”अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य रेशमलाल सापकोटा,पुर्व कर्मचारी समाज नेपालका केन्द्रिय सदस्य देवि प्रसाद बिलासी,प्रजातान्त्रिक सेनानी संघका केन्द्रिय प्रतिनिधि थानेश्वर तिवारी लगायतले शोक मन्तव्य राख्नुभएको थियो ।

स्वर्गीय भुषालका सुपुत्र तोयानाथ भुषालले जिवनी प्रस्तुत गर्नुभएको शोक सभा क्षेत्रिय अध्यक्ष धन बहादुर थापाको अध्यक्षता,सचिव सुमन तिवारीको सञ्चालन एवंम भोर्ले गाउँ कार्य समितिका उपाध्यक्ष हर्क बहादुर सेनको धन्दवाद मन्तव्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता