२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ, ‘चेकमेट’ गर्ने दिन पनि आउला : स्वर्णिम वाग्ले

२०८०, ३० फाल्गुन बुधबार ०८:०७

फागुन ३०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष तथा सांसद स्वर्णिम वाग्ले नयाँपन र अनुभवको सन्तुलन मिलाउनका लागि आफूहरू सरकारमा गएको बताएका छन् । उनले केही गरौं भन्ने मनसायले सरकारमा गएको उल्लेख गर्दै 'चेस खेल'को उदाहरण दिए । 'फ्रेसनेस र अनुभवको सन्तुलन मिलाउने कुरा हो', वाग्लेले भने,'चेस खेल्न बसेपछि गोटी चाल्नै पर्छ, हात्ती घोडा, रानी प्यूसो सब चालेर एकदिन 'चेकमेट' नै गर्ने दिन पनि आउँछ ।'


उनले केही गरेर देखाउन नगरेको दिन सरकारबाट बाहिरिने प्रतिबद्धता जनाए । 'हाम्रो प्रवेश काम देखाउनका लागि हो । हामीकाम गर्न आएका हौं । अब सरकारबाट गर्न सकिन्छ भने' उनले भनेर,'गर्न नसकेको दिन आफैं बाहिरिन्छौं । उहाँले हामीलाई गलहत्याउन पर्दैन ।'

उनले कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएकोमा पनि वाग्लेले टिप्पणी गरे । उनले प्रधानमन्त्रीको रुपमा अफर गर्दा केही नहुने अहिले गृहमन्त्री हुँदा त्यस्तो कुरा गरेको भन्दै कांग्रेसका नेताहरूको टिप्पणीप्रति आपत्ति जनाए । 'यहाँ च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान्, उपप्रधानमन्त्री बनाइदेलान् भनेर हिँड्नुपर्‍या छ' उनले भने ।

उनले मुलुकलाई सुशासन दिलाउनेमा प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा