८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा एक हप्तामा तीन बेवारिसे शव

५ कार्तिक २०७३, शुक्रबार ०७:५०

कात्तिक ५, रोल्पा । रोल्पा जिल्लामा पछिल्लो एक हप्तामा तीनवटा बेवारिसे अवस्थामा रहेका शव फेला परेका छन् । जिल्लाको कोर्चवाङ, जुगार र जौलिपोखरी गाविसमा ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

असोज २८ देखि कात्तिक २ गतेभित्र एक महिला र दुई पुरुषसहित तीनवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए ।

यही कात्तिक २ गते माछा मार्न खोलामा गएका गाउँलेले कोर्चवाङ–९ माडीखोलामा एउटा शव देखेपछि इलाका प्रहरी कार्यालय घर्तीगाउँमा खबर गरे । प्रहरी निरीक्षक राजीव श्रेष्ठको नेतृत्वमा गएको टोलीले पहिचान गर्दा उक्त शव घर्तीगाउँकै एक फर्निचर उद्योगमा काम गर्ने रौतहट घर भएका ४५ वर्षीय रामनारायण ठाकुरको भएको पुष्टि गर्‍यो ।

यसैगरी, असोज २८ गते जुगार ६ का ५२ वर्षीय डोरबहादुर सार्की भीरमा मृत भेटिए । चार दिनअघि दसैँको खसी किन्न हिँडेका उनी घर फर्कन पाएनन् । उनको शव भीरमुनि मकैबारीमा फेला परेको थियो ।

परिवारका अनुसार सार्कीले पनि रक्सी सेवन गर्ने भएकाले लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । बेवारिसे शव फेला पर्ने क्रममै जौलीपोखरीमा असोज २८ गते ६५ वर्षीया गौरी पुनको शव फेला परेको थियो ।

मानसिक सन्तुलन ठीक नभएको भनिएकी उनी असोज १९ देखि हराइरहेकी थिइन् । घनाडाँडा जङ्गलमा शव देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । भेटिएका तीनवटै शव आत्महत्या नभई भवितव्य हुन सक्ने प्रहरीले आँकलन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता