२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा एक हप्तामा तीन बेवारिसे शव

२०७३, ५ कार्तिक शुक्रबार ०७:५०

कात्तिक ५, रोल्पा । रोल्पा जिल्लामा पछिल्लो एक हप्तामा तीनवटा बेवारिसे अवस्थामा रहेका शव फेला परेका छन् । जिल्लाको कोर्चवाङ, जुगार र जौलिपोखरी गाविसमा ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

असोज २८ देखि कात्तिक २ गतेभित्र एक महिला र दुई पुरुषसहित तीनवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए ।

यही कात्तिक २ गते माछा मार्न खोलामा गएका गाउँलेले कोर्चवाङ–९ माडीखोलामा एउटा शव देखेपछि इलाका प्रहरी कार्यालय घर्तीगाउँमा खबर गरे । प्रहरी निरीक्षक राजीव श्रेष्ठको नेतृत्वमा गएको टोलीले पहिचान गर्दा उक्त शव घर्तीगाउँकै एक फर्निचर उद्योगमा काम गर्ने रौतहट घर भएका ४५ वर्षीय रामनारायण ठाकुरको भएको पुष्टि गर्‍यो ।

यसैगरी, असोज २८ गते जुगार ६ का ५२ वर्षीय डोरबहादुर सार्की भीरमा मृत भेटिए । चार दिनअघि दसैँको खसी किन्न हिँडेका उनी घर फर्कन पाएनन् । उनको शव भीरमुनि मकैबारीमा फेला परेको थियो ।

परिवारका अनुसार सार्कीले पनि रक्सी सेवन गर्ने भएकाले लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । बेवारिसे शव फेला पर्ने क्रममै जौलीपोखरीमा असोज २८ गते ६५ वर्षीया गौरी पुनको शव फेला परेको थियो ।

मानसिक सन्तुलन ठीक नभएको भनिएकी उनी असोज १९ देखि हराइरहेकी थिइन् । घनाडाँडा जङ्गलमा शव देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । भेटिएका तीनवटै शव आत्महत्या नभई भवितव्य हुन सक्ने प्रहरीले आँकलन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन