८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

पेट्रोलको ट्याङ्कीमा खुलेआम मट्टितेल मिसाउने पम्प सञ्चालक पक्राउ

५ कार्तिक २०७३, शुक्रबार ०८:०६

कात्तिक ५, गौशाला । महोत्तरी प्रहरीले बुधबार जिल्लाको गौशाला नगरपालिका–७ स्थित एक पेट्रोल पम्प सञ्चालकलाई पेट्रोल पम्पमै पेट्रोल ट्याङ्कीमै मट्टितेल मिसाउँदै गरेको अवस्थामा पक्राउ गरेकोमा बिहिबार म्याद थप गरेको छ । 

पक्राऊ पर्नेमा गौशाला–७ जिरोमाइल चौकमा अवस्थित जनक आयल स्टोर्सका सञ्चालक जनकबहादुर श्रेष्ठका छोरा नवीन कुमार श्रेष्ठ रहेको र उनलाई विहिबार म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार पेट्रोल पम्प सञ्चालक श्रेष्ठका छोरा नवीनले पम्पमै रहेको पेट्रोलको ट्याङ्कीमा बाहिरबाट ल्याएको फलामको ड्रमबाट तीनसय लिटर मट्टितेल मिसावट गर्दागर्दैको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ गरिएका पम्प सञ्चालकका छोरा श्रेष्ठलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ भने उनीमाथि कालोबजारी मुद्दा लगाउने तयारी भइरहेको कार्यालयले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता