कात्तिक ५, कपिलवस्तु । कपिलवस्तुमा दश हजार ७ सय ३२ हेक्टर क्षेत्रफल वन अतिक्रमण गरिएको जिल्ला वन कार्यालय कपिलवस्तुले जनाएको छ । 

वन ऐन, २०४९ र नियम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, कपिलवस्तु । कपिलवस्तुमा दश हजार ७ सय ३२ हेक्टर क्षेत्रफल वन अतिक्रमण गरिएको जिल्ला वन कार्यालय कपिलवस्तुले जनाएको छ । 

वन ऐन, २०४९ र नियम"/>

२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा दश हजार हेक्टर वन अतिक्रमण

२०७३, ५ कार्तिक शुक्रबार ०८:११

कात्तिक ५, कपिलवस्तु । कपिलवस्तुमा दश हजार ७ सय ३२ हेक्टर क्षेत्रफल वन अतिक्रमण गरिएको जिल्ला वन कार्यालय कपिलवस्तुले जनाएको छ । 

वन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार सामुदायिक वन क्षेत्रमा कुनै पनि संरचना वनाउन नपाउने प्रावधान छ । तर कपिलवस्तुमा वन ऐनको नियम नमान्दा बर्सेनी वन अतिक्रमणको चपेटामा परेको छ । कपिलवस्तुको कोपवा, पटना, शिवपुर, हरिहरपुर, शिवराज नगरपालिका, गुगौली, गोरुसिङ्गे लगायतका स्थानमा सबैभन्दा बढी वन अतिक्रमणमा परेको छ । 

आव २०७२/७३ मा छसय २७ हेक्टर क्षेत्रफल मात्र वन अतिक्रमण हटाउन सफल भएको जिल्ला वन कार्यालय कपिलवस्तुका उपसचिव कृष्ण न्यौपानेले बताउनुभयो । २०६८ देखि हालसम्म अतिक्रमित वन हटाई वृक्षारोपण गरिएको न्यौपानेले बताउनु भयो । 

कपिलवतुको द्वन्द्वको समयमा सबैभन्दा बढी वन अतिक्रमण भएको तथ्याङ्कमा उल्लेख रहेको छ । विसं २०४७ सम्म जिल्लामा सात हजार सात सय हेक्टर क्षेत्रफल अतिक्रमण भएको त्यसपछि २०४९ मा दुई हजार तीन सय ६८ हेक्टर क्षेत्रफल, २०६४ मा आठसय ३० हेक्टर क्षेत्रफल अतिक्रमण गरिएको थियो भने २०६५ देखि २०६७ सालसम्म पाँचसय ६१ हेक्टर क्षेत्रफल वन अतिक्रमणमा परेको थियो । 

पाँचसय ७८ घर टहरा हटाइयो 

जिल्ला वन कार्यालय, कपिलवस्तुले जिल्लाका विभिन्न स्थानमा वन अतिक्रमण गरी बनाइएको पाँचसय ७८ घरटहरासमेत हटाएको सहायक वन अधिकृत सुवासचन्द्र दाशाले बताउनुभयो । कपिलवस्तुको कोपवामा दुईसय घरटहरा, पटनामा एक सय ३२ घरटहरा, बसद्धीमा ७५ घर र बुडढीमा ५० घर टहरा हटाउन सफल भएको दाशाले बताउनुभयो । 

त्यसैगरी, बक्रेडियामा २५ घर, मदवामा ८१ घर लगायत विभिन्न स्थानमा अबैध बनाइएको घरटहरा हटाइएको जिल्ला वन कार्यालय कपिलवस्तुका उपसचिव कृष्ण न्यौपानेले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने