कात्तिक ५, कपिलवस्तु । कपिलवस्तुमा दश हजार ७ सय ३२ हेक्टर क्षेत्रफल वन अतिक्रमण गरिएको जिल्ला वन कार्यालय कपिलवस्तुले जनाएको छ । 

वन ऐन, २०४९ र नियम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, कपिलवस्तु । कपिलवस्तुमा दश हजार ७ सय ३२ हेक्टर क्षेत्रफल वन अतिक्रमण गरिएको जिल्ला वन कार्यालय कपिलवस्तुले जनाएको छ । 

वन ऐन, २०४९ र नियम"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा दश हजार हेक्टर वन अतिक्रमण

५ कार्तिक २०७३, शुक्रबार ०८:११

कात्तिक ५, कपिलवस्तु । कपिलवस्तुमा दश हजार ७ सय ३२ हेक्टर क्षेत्रफल वन अतिक्रमण गरिएको जिल्ला वन कार्यालय कपिलवस्तुले जनाएको छ । 

वन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार सामुदायिक वन क्षेत्रमा कुनै पनि संरचना वनाउन नपाउने प्रावधान छ । तर कपिलवस्तुमा वन ऐनको नियम नमान्दा बर्सेनी वन अतिक्रमणको चपेटामा परेको छ । कपिलवस्तुको कोपवा, पटना, शिवपुर, हरिहरपुर, शिवराज नगरपालिका, गुगौली, गोरुसिङ्गे लगायतका स्थानमा सबैभन्दा बढी वन अतिक्रमणमा परेको छ । 

आव २०७२/७३ मा छसय २७ हेक्टर क्षेत्रफल मात्र वन अतिक्रमण हटाउन सफल भएको जिल्ला वन कार्यालय कपिलवस्तुका उपसचिव कृष्ण न्यौपानेले बताउनुभयो । २०६८ देखि हालसम्म अतिक्रमित वन हटाई वृक्षारोपण गरिएको न्यौपानेले बताउनु भयो । 

कपिलवतुको द्वन्द्वको समयमा सबैभन्दा बढी वन अतिक्रमण भएको तथ्याङ्कमा उल्लेख रहेको छ । विसं २०४७ सम्म जिल्लामा सात हजार सात सय हेक्टर क्षेत्रफल अतिक्रमण भएको त्यसपछि २०४९ मा दुई हजार तीन सय ६८ हेक्टर क्षेत्रफल, २०६४ मा आठसय ३० हेक्टर क्षेत्रफल अतिक्रमण गरिएको थियो भने २०६५ देखि २०६७ सालसम्म पाँचसय ६१ हेक्टर क्षेत्रफल वन अतिक्रमणमा परेको थियो । 

पाँचसय ७८ घर टहरा हटाइयो 

जिल्ला वन कार्यालय, कपिलवस्तुले जिल्लाका विभिन्न स्थानमा वन अतिक्रमण गरी बनाइएको पाँचसय ७८ घरटहरासमेत हटाएको सहायक वन अधिकृत सुवासचन्द्र दाशाले बताउनुभयो । कपिलवस्तुको कोपवामा दुईसय घरटहरा, पटनामा एक सय ३२ घरटहरा, बसद्धीमा ७५ घर र बुडढीमा ५० घर टहरा हटाउन सफल भएको दाशाले बताउनुभयो । 

त्यसैगरी, बक्रेडियामा २५ घर, मदवामा ८१ घर लगायत विभिन्न स्थानमा अबैध बनाइएको घरटहरा हटाइएको जिल्ला वन कार्यालय कपिलवस्तुका उपसचिव कृष्ण न्यौपानेले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता