१२ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रौतहटमा गोली प्रहार गरी ५२ लाख रुपैयाँ लुटपाट, ३ जना भारतीय पक्राउ

२ चैत्र २०८०, शुक्रबार ०९:२३

चैत २, रौतहट | रौतहटको पोरहा नगरपालिका–९ मा रहेको शिव मनि ट्रान्सफरमा प्रवेश गरेर भारतीय लुटेराले गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको छ । 

शुक्रबार दिउँसो भारतीय तीनजनाको हतियारधारी लुटेराको समूहले मनि ट्रान्सफरमा प्रवेश गरेर नगद काउन्टरमा बसेका नितेष शाहलाई गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको रौतहट प्रहरीका प्रवक्ता डीएसपी  एलिजा गिरीले जानकारी दिइन् । 


उनका अनुसार शाहको टाउकोमा लक्षित गरी प्रहार गरेर गोली छल्दा कानमा लागेको छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । भारतीय नम्बरको मोटरसाइलमा आएका उनीहरु ५२ लाख रुपैयाँ लिएर भारततर्फ भाग्न खोज्दा प्रहरीले पक्राउ गर्न सफल भएको छ । 

नेपाल प्रहरीले भारत बिहार मोतिहारीका मनिषकुमार यादव र राजाकुमार पासवान र सशस्त्र प्रहरीले चन्द्रभान सिंहलाई नगदसहित नै पक्राउ गरेको डीएसपी गिरीले जानकारी दिइन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार साँझदेखि अर्को मौसम प्रणाली भित्रिँदै, कहाँ-कहाँ पर्ला पानी ? रोकिएका आयोजनालाई सरकारले अगाडि बढाउँछ : ऊर्जामन्त्री खड्का अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा ‘आफ्नै श्रीमती बेच्ने व्यक्ति’ खुलेपछि… ‘केपी ओलीले एमालेबाट निकालेका’ भीम रावल अब के गर्छन् ? लगनगाँठोमा कसिदै नेपाली क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख आसिफ र आरिफलाई गृहजिल्लामा सम्मान कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भीम रावलले नयाँ पार्टी खोल्ने एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट रवि लामिछानेसँग बयान सुरु भीम रावल लगायतलाई कारबाही गर्नुअघि ओलीले सचिवालय बैठकमा के भने ? आईसीसीद्वारा विराट कोहलीलाई कारबाही सिचुवान एयरलाइन्सले पोखरामा गर्‍यो चार्टर उडान, अब नियमित उडान गर्ने खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउड हवाई फायर, एक जना पक्राउ १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ युनाइटेड एयरलाइन्सको विमानमा युवकको शव फेला आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ? मोरङ सामूहिक बलात्कार : पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा अनुसन्धान