२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा एक दिने शैक्षिक स्तरोन्नती बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७३, ५ कार्तिक शुक्रबार ०८:५६

सरु शर्मा/कात्तिक ५, परासी । अरनिको माध्यामिक बिधालय सुनवल ८ अरनिको बस्तीमा १ दिने शैक्षिक स्तरोन्नती प्रशिक्षण तालिम सम्पन्न भएको छ । 

बिधालयको शैक्षिक, भौतिक  तथा आर्थिक बिकासका लागि बिधालयले आगामी दिनमा के कस्ता कार्य गर्नु पर्छ भन्ने बारे तालिममा प्रशिक्षण प्रदान गरीएको बिधालयले जनाएको छ । बिधालयको चौतर्फि बिकासका लागि बिधालय सँग सरोकार राख्ने बिधालय व्यवस्थापन समिति, शिक्षक, र्कचारी, शिक्षक अभिभावक सँघ, अनुगमन समिति, सल्लाहकार समिती सबैलाई तालिम प्रदान गरीएको कार्यक्रम सँचालक शिक्षक हरि कुमार ढकालले जानकारी दिनुभयो । तालिममा बिधालयलाई नमुना बिधालय कसरी बनाउन सकिन्छ भन्ने बिषयलाई जोड दिइएको थियो ।

प्रमुख प्रशिक्षकका रुपमा रहनु भएका कालिका मावि बुटवलका घनश्याम पाठकको प्रमुख आथित्य तथा बिधालय व्यवस्थापन समिति अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा भएको सो  तालिमको उद्घाटन सत्रमा कालिका माविका शिक्षक ईबराज तिवारीले सहजीकरण गर्नुभएको थियो । 

भने बिधालयका प्रधानाध्यापक मनोज बिक्रम बिष्ट, सल्लाहकार समिती सँयोजक तथा समाजसेबि निलकण्ठ गैरे, शिक्षक अभिभावक सँघका अध्यक्ष राजन प्रसाद सापकोटा, भविष्य निर्माण माविका प्रधानाध्यापक गोविन्द भषाल लगायतले बोल्नु भएको कार्यक्रम सँचालक ढकालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प