१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रेम प्रस्ताव नमानेपछि २१ वर्षीय छिमेकी युवकबाट सुष्माकाे हत्या

४ चैत्र २०८०, आईतवार ०८:१३

चैत ४, काठमाडौँ | काठमाडौंको गोकर्णेश्वरमा एक युवकले प्रेम प्रस्ताव स्वीकार नगरेपछि छिमेकमा बस्ने युवतीको हत्या गरेका छन्। माघ २२ गते बिहान कलेज हिँडेकी १९ वर्षीया सुस्मा लामा घर नफर्किएपछि आफन्तले प्रहरीमा उजुरी गरेका थिए।

घटनाको झन्डै एक महिनापछि गोकर्णश्वर-३ तारेभिर नजिकै शिवपुरी जंगलमा फागुन २४ गते एक व्यक्तिको शव दुई वटा हात जमिनबाट बाहिर निस्किएको अवस्थामा भेटिएको थियो।

जुत्ता, कलेजको युनिफर्मलगायत आधारमा आफन्तले उक्त शव सुस्माको भएको सनाखत गरेका थिए। शव भेटिएको झन्डै १० दिनपछि प्रहरीले सुस्माको हत्या गरेको आरोपमा उनकै छिमेकी २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरेको छ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रुपेन्द्र संलग्न रहेको दाबी गर्दै आइतबार उनलाई सार्वजनिक गरेको छ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार रुपेन्द्रले पटक पटक राखेको प्रेम गर्ने प्रस्ताव सुस्माले अस्वीकार गर्दै आएकी थिइन्।

माघ २२ गते बिहान घरबाट निस्किएकी सुस्मालाई पछ्याएका रुपेन्द्र अन्तिम पटक प्रस्ताव राख्ने र नमाने हत्या गर्ने योजनामा पुगेका थिए।

रुपेन्द्रले युवतीलाई ८ दिनदेखि पच्छ्याइरहेका थिए । तर ८ महिनादेखि उनी एकतर्फी प्रेममा थिए । युवतीले प्रस्ताव स्वीकार नगरेपछि घटना घटेको हो ।

‘सुस्माले आफू विदेश जाने योजनामा भएको र विवाहको कुनै मनस्थिति नभएको बताएपछि रुपेन्द्रले हातले टाउकोमा हानेर बेहोस बनाएको देखिन्छ। त्यसपछि मरेको आशंकामा खाल्डो खनेर पुरेको देखिन्छ’, एक अनुसन्धान अधिकारी भन्छन्।

मृतक युवतीको भित्र घाँटीभन्दा तलसम्म माटो भएका कारण उनलाई जिउँदै गाडिएको प्रहरीको आशंका छ।

घटनापछि रुपेन्द्रले मृतक युवतीको मोबाइल र पुस्तकहरू लिएर आफ्नै घर गएका थिए। सुस्माले विवाह गरेर भागेजस्तो देखाउन उनले एउटा नव विवाहित दम्पत्तीको तस्बिर एडिट गरेर त्यसमा सुस्माको फोटो राखेको र युवकको फोटो छोपेको अवस्थामा फेसबुकमा पोस्ट गरेको प्रहरीले दाबी गरेको छ।

सुस्माको फेसबुक अकाउन्टमा आफूले विवाह गरेको र केही दिनपछि आउने लेखिएको थियो। तर भोलिपल्ट उनका आफन्तले प्रहरीमा उजुरी गरेपछि माघ २६ गते रुपेन्द्रले आफूसँग भएको सुस्माको मोबाइलबाट उनकी दिदीलाई म्यासेज गरी किन प्रहरीमा गएको, आफूले विवाह गरेको जान्दा जान्दै भन्दै धम्की दिएकी थिइन्। त्यसयता प्रहरीले सुस्माको खोजी गरिरहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण