१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अब डान्स नम्बर नगर्ने सामन्थाको घोषणा

४ चैत्र २०८०, आईतवार ०८:५६

चैत ४, पोखरा । सामन्था रुथ प्रभुको ‘ऊ अंटावा’ सन् २०२१ को चर्चित गीत साबित भयो। एक अन्तर्वार्ताका क्रममा उनले गीतको पहिलो सटको क्रममा आफू डरले काँपेको खुलासा गरेकी हुन् । उनले अब डान्स नम्बर नगर्ने निर्णय पनि गरेकी छिन् ।

इन्डिया टुडे कन्क्लेभ २०२४ मा सामन्थाले 'ऊ अंटावा' गर्ने र 'द फ्यामिली म्यान' मा राजीको भूमिका खेल्ने निर्णय एउटै भएको खुलासा गरिन्। उनलाई बाहिरी प्रभाव बिना आफ्नै निर्णय लिने स्वतन्त्रता मनपर्छ। सामन्थाले आफू नयाँ शैलीको प्रदर्शन खोज्न चाहने भएकाले ‘ ऊ अंटावा’ गर्न रोजेको बताइन् ।

 

तर सुरुमा गीत सुन्दा असहज महसुस गरेकी थिइन् । उनी आफैँमा विश्वस्त हुन सकिनन् ।

सामन्थाले भनिन्, ‘मैले सधैँ राम्रो छुइनँ भन्ने सोचेर काम गरेको छु । म सुन्दर देखिन्नँ। म अरू केटीहरू जस्तो देख्दिनँ। त्यसैले मेरो लागि यो ठुलो चुनौती थियो। वास्तवमा, जब 'ऊ अंटावा' को पहिलो शट खिचियो… म डरले काँपिरहेको थिएँ। किनकि सेक्सी देखिनु मेरो लागि सजिलो थिएन। यो गीत प्रस्तुत गर्नुभन्दा मैले पहिले कहिल्यै यस्तो गरेको थिइनँ। म आफूलाई सधैँ असहज, कठिन र असुविधाजनक अवस्थामा पार्छु।’

सामन्था अन्तिम पटक रोमान्टिक ड्रामा फिल्म 'खुसी' मा देखिएकी थिइन्, जसमा मुख्य भूमिकामा विजय देवरकोन्डा थिए। सामन्थाको आगामी फिल्म ‘सिटाडेल’ हो, जसमा उनीसँगै वरुण धवन मुख्य भूमिकामा देखिनेछन् । यसलाई राज र डीकेले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण