२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अब डान्स नम्बर नगर्ने सामन्थाको घोषणा

२०८०, ४ चैत्र आईतवार ०८:५६

चैत ४, पोखरा । सामन्था रुथ प्रभुको ‘ऊ अंटावा’ सन् २०२१ को चर्चित गीत साबित भयो। एक अन्तर्वार्ताका क्रममा उनले गीतको पहिलो सटको क्रममा आफू डरले काँपेको खुलासा गरेकी हुन् । उनले अब डान्स नम्बर नगर्ने निर्णय पनि गरेकी छिन् ।

इन्डिया टुडे कन्क्लेभ २०२४ मा सामन्थाले 'ऊ अंटावा' गर्ने र 'द फ्यामिली म्यान' मा राजीको भूमिका खेल्ने निर्णय एउटै भएको खुलासा गरिन्। उनलाई बाहिरी प्रभाव बिना आफ्नै निर्णय लिने स्वतन्त्रता मनपर्छ। सामन्थाले आफू नयाँ शैलीको प्रदर्शन खोज्न चाहने भएकाले ‘ ऊ अंटावा’ गर्न रोजेको बताइन् ।

 

तर सुरुमा गीत सुन्दा असहज महसुस गरेकी थिइन् । उनी आफैँमा विश्वस्त हुन सकिनन् ।

सामन्थाले भनिन्, ‘मैले सधैँ राम्रो छुइनँ भन्ने सोचेर काम गरेको छु । म सुन्दर देखिन्नँ। म अरू केटीहरू जस्तो देख्दिनँ। त्यसैले मेरो लागि यो ठुलो चुनौती थियो। वास्तवमा, जब 'ऊ अंटावा' को पहिलो शट खिचियो… म डरले काँपिरहेको थिएँ। किनकि सेक्सी देखिनु मेरो लागि सजिलो थिएन। यो गीत प्रस्तुत गर्नुभन्दा मैले पहिले कहिल्यै यस्तो गरेको थिइनँ। म आफूलाई सधैँ असहज, कठिन र असुविधाजनक अवस्थामा पार्छु।’

सामन्था अन्तिम पटक रोमान्टिक ड्रामा फिल्म 'खुसी' मा देखिएकी थिइन्, जसमा मुख्य भूमिकामा विजय देवरकोन्डा थिए। सामन्थाको आगामी फिल्म ‘सिटाडेल’ हो, जसमा उनीसँगै वरुण धवन मुख्य भूमिकामा देखिनेछन् । यसलाई राज र डीकेले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा