१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपाले चैत १७ मा इलाम-२ को उम्मेदवार सार्वजनिक गर्ने

४ चैत्र २०८०, आईतवार ०९:३२

चैत ४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ मा हुने निर्वाचनका लागि १७ चैतमा उम्मेदवार छनोट गर्ने भएको छ ।

निर्वाचन आयोगले १५ बैशाखमा इलाम-२ मा उपनिर्वाचन गर्ने जनाएको छ । ‘१७ गते उम्मेदवार फाइनल गर्ने कुरा भएको छ ।

१६ गते पार्टीले निर्णय लिन्छ, अर्को दिन नाम सार्वजनिक गरिन्छ,’ रास्वपाका शीर्ष तहका एक नेताले जानकारी दिए ।

रास्वपाबाट उम्मेदवार बन्न आकांक्षीको संख्या ७ जनाको छ ।


रास्पवाले उम्मेदवार छनोट गर्दा प्राइमरी इलेक्सनको विधि नगर्ने भएको छ । कुल मतदाताको एक प्रतिशत पार्टी सदस्य नभएकाले प्राइमरी इलेक्सन हुन नसकेको रास्वपाले जनाएको छ ।

इलाम-२ मा एक लाख १८ हजार मतदाता छन् । प्राइमरी इलेक्सन गर्नका लागि एक हजार १८० पार्टी सदस्य हुनुपर्दछ ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्राइमरी इलेक्सन गर्नका लागि एक प्रतिशत पार्टी सदस्य नभएकाले केन्द्रबाट नै उम्मेदवार तोक्न लागिएको हो ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन तयारीका लागि रास्वपाले इलाम-२ मा खटाएको छ । रास्वपाका ६ सांसद निर्वाचन क्षेत्रमा पुगेर मतदातासँग छलफल गरेर फर्केका छन् ।

इलाम २ मा इलाम नगरपालिकाको वडानम्बर १० बाहेकका सबै वडा, देउमाई नगरपालिका, माई नगरपालिकाको वडा नम्बर ६, ७ र ८, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिका पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण