२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपाले चैत १७ मा इलाम-२ को उम्मेदवार सार्वजनिक गर्ने

२०८०, ४ चैत्र आईतवार ०९:३२

चैत ४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ मा हुने निर्वाचनका लागि १७ चैतमा उम्मेदवार छनोट गर्ने भएको छ ।

निर्वाचन आयोगले १५ बैशाखमा इलाम-२ मा उपनिर्वाचन गर्ने जनाएको छ । ‘१७ गते उम्मेदवार फाइनल गर्ने कुरा भएको छ ।

१६ गते पार्टीले निर्णय लिन्छ, अर्को दिन नाम सार्वजनिक गरिन्छ,’ रास्वपाका शीर्ष तहका एक नेताले जानकारी दिए ।

रास्वपाबाट उम्मेदवार बन्न आकांक्षीको संख्या ७ जनाको छ ।


रास्पवाले उम्मेदवार छनोट गर्दा प्राइमरी इलेक्सनको विधि नगर्ने भएको छ । कुल मतदाताको एक प्रतिशत पार्टी सदस्य नभएकाले प्राइमरी इलेक्सन हुन नसकेको रास्वपाले जनाएको छ ।

इलाम-२ मा एक लाख १८ हजार मतदाता छन् । प्राइमरी इलेक्सन गर्नका लागि एक हजार १८० पार्टी सदस्य हुनुपर्दछ ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्राइमरी इलेक्सन गर्नका लागि एक प्रतिशत पार्टी सदस्य नभएकाले केन्द्रबाट नै उम्मेदवार तोक्न लागिएको हो ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन तयारीका लागि रास्वपाले इलाम-२ मा खटाएको छ । रास्वपाका ६ सांसद निर्वाचन क्षेत्रमा पुगेर मतदातासँग छलफल गरेर फर्केका छन् ।

इलाम २ मा इलाम नगरपालिकाको वडानम्बर १० बाहेकका सबै वडा, देउमाई नगरपालिका, माई नगरपालिकाको वडा नम्बर ६, ७ र ८, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिका पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु