प्रेम सुनार/कात्तिक ५, गुल्मी । नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्र नं. ३ का सांसद गोकर्ण विष्टले हस्तिचौर गाविसको चौतर्फी विकाशका लागि आफुले कुनै कसुर बाँकी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/कात्तिक ५, गुल्मी । नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्र नं. ३ का सांसद गोकर्ण विष्टले हस्तिचौर गाविसको चौतर्फी विकाशका लागि आफुले कुनै कसुर बाँकी "/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

हस्तीचौरको विकासमा कुनै कसुर बाँकी राख्दीनः विष्ट

२०७३, ५ कार्तिक शुक्रबार ०९:१९


प्रेम सुनार/कात्तिक ५, गुल्मी । नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्र नं. ३ का सांसद गोकर्ण विष्टले हस्तिचौर गाविसको चौतर्फी विकाशका लागि आफुले कुनै कसुर बाँकी नराख्ने बताएको छन् ।

नेकपा एमाले गाउँ हस्तिचौर गाउँ कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नेटा विष्टले छल्दीपनाह देखि रातडाँडा हँदै ईन्द्रेगौडा जाने मोटरबाटाको स्तर बृद्धि र कालो पत्रेका लागि काम शुरु भईसकेको, त्यसको लागि यस वर्ष ३० करोडको टेण्डर भईसकेको  बताएका थिए ।

त्यस्तै उनले छल्दीटार देखि दर्लामचौर ईस्मा,  अर्खबाङ र बाग्लुङगको गंगारे हँुदै ढोरपाटन जोड्ने मोटरबाटोको स्तर बृद्धिको कार्य पनि भईरहेको जानकारी दिए । त्यस्तै   पनाह देखि   हस्तिचौरको पालुखा जोड्ने पक्की पुल बनाउने प्रकृया शूरु भएको, हस्तिचौरमा प्रत्येक वडाहरु जोड्ने मोटरबाटो, शैक्षिक संस्था  लगायतको विकास निर्माणमा थुप्रै कार्यहरु गरिएको पनि बताएका थिए । 

उनको प्रमुख आतिथ्यतामा आयोजित भेलामा विभिन्न पार्टि परित्याग गरी करिब एक दर्जन भन्दा बढि कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका थिए ।कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य कृष्ण सुनार, जिल्ला सदस्य टिका रेश्मी, लगायतको विशेष आतिथ्यता रहेको थियो ।

 नेकपा एमाले हस्तिचौर गाउँ कमिटी अध्यक्ष राम मल्ल ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जमुना थापाको स्वागत मन्तव्य, सचिव नारायण कुवँरको सञ्चालनमा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन