सरकारले गरिबी घटाउँछ, शून्यमा झार्ने गरी काम गर्छ: ओली

Posted on: 20 Mar, 2024

चैत ७, काठमाडौँ | सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिबी घटाउने गरी काम गने बताएका छन्।

अघिल्लो सरकारले गरिबी तीन प्रतिशतले बढाएको उल्लेख गर्दै उनले त्यसलाई घटाउँदै लगेर शून्यमा झार्ने सरकारको योजना रहेको उल्लेख गरे।

पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गरिबीलाई शून्यमा झार्ने गरी काम नगर्ने हो भने आफ्नो पार्टी सरकारमा हुनुको कुनै अर्थ नहुने पनि जिकिर गरे।

चीनले गरिबी शून्यमा झारेको दृष्टान्त पेश गर्दै आफूहरूले पनि त्यसै अनुसार काम गर्ने उनको भनाइ थियो।

‘विगतमा एमाले नेतृत्वको सरकारले जनताले जीवनमा परिवर्तन ल्याउने गरी सडक बालबालिकाका व्यवस्थापन गरेको छ। ‘जनताको दुःख, कष्ट हरण गरेर जाने काम विगतमा पनि एमालेले गरेको छ। र त्यसैलाई निरन्तरता दिने गरी आगामी दिनमा पनि काम गर्नेछ।

अध्यक्ष ओलीले एमालेले विगतमा जनताको पक्षमा काम गरेकाले उनीहरुलाई साथमा लिएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!