१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत हुँदा प्रहरी फन्दामा

५ कार्तिक २०७३, शुक्रबार ११:५७

प्रकाश धौलाकोटी/कात्तिक ५, तेह्रथुम । फेसबुकबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत हुँदा बहुविवाहको आरोपमा तेह्रथुमका दुई जोडी प्रहरीको फन्दामा परेका छन् ।

प्रहरीले घरमा श्रीमती हुँदा–हुँदै दोश्रो विवाह गर्ने म्याङलुङ्ग नगरपालिका–१ का भीमबहादुर कालिकोटे र उनकी कान्छी श्रीमती सम्झना दियाली तथा म्याङलुङ्ग नगरपालिका–१० का बलबहादुर तामाङ र उनकी कान्छी श्रीमती सीता पुन लाई पक्राउ गरेको हो ।

घरमा छोडेका श्रीमती र छोरा–छोरीलाई भुलेर फेसबुकको साइनोलाई विवाहमा परिणत गर्दा गाउँ फर्किए लगत्तै जेठी श्रीमतीको उजुरीपछि तामाङको जोडी प्रहरी फन्दामा परेको हो । ३८ वर्षे तामाङले फेसबुकबाट चिनेकी दाङको धर्ना–२ बस्ने १९ वर्षीय सीतासँग नेपाल फर्केपछि असोज २८ गते विवाह गरेका थिए । जेठी श्रीमती असारी तामाङको उजुरीपछि तामाङलाई उनकी कान्छी श्रीमतीसहित पक्राउ गरिएको हो । 

यस्तै २६ वर्षीय विकले हेटौंडाकी २५ वर्षीय सम्झनासँग असोज २१ गते दोश्रो विवाह गरेको र उनकी जेठी श्रीमती पुनम विकको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।

पैसा कमाउन परदेश गएका श्रीमान्ले अर्की श्रीमती ल्याएको आफुले ढिलोमात्र थाहा पाएपछि कात्तिक–२ गते प्रहरीमा उजुरी गरेको पुनमले बताइन् । जेठी श्रीमतीको जाहेरीका आधारमा उनीहरु विरुद्ध बहुविवाहको मुद्धा दर्ता गरिएको प्रहरी निरीक्षक पुरीले बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का