2026-10-18 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत हुँदा प्रहरी फन्दामा

प्रकाश धौलाकोटी/कात्तिक ५, तेह्रथुम । फेसबुकबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत हुँदा बहुविवाहको आरोपमा तेह्रथुमका दुई जोडी प्रहरीको फन्दामा परेका छन् ।

प्रहरीले घरमा श्रीमती हुँदा–हुँदै दोश्रो विवाह गर्ने म्याङलुङ्ग नगरपालिका–१ का भीमबहादुर कालिकोटे र उनकी कान्छी श्रीमती सम्झना दियाली तथा म्याङलुङ्ग नगरपालिका–१० का बलबहादुर तामाङ र उनकी कान्छी श्रीमती सीता पुन लाई पक्राउ गरेको हो ।

घरमा छोडेका श्रीमती र छोरा–छोरीलाई भुलेर फेसबुकको साइनोलाई विवाहमा परिणत गर्दा गाउँ फर्किए लगत्तै जेठी श्रीमतीको उजुरीपछि तामाङको जोडी प्रहरी फन्दामा परेको हो । ३८ वर्षे तामाङले फेसबुकबाट चिनेकी दाङको धर्ना–२ बस्ने १९ वर्षीय सीतासँग नेपाल फर्केपछि असोज २८ गते विवाह गरेका थिए । जेठी श्रीमती असारी तामाङको उजुरीपछि तामाङलाई उनकी कान्छी श्रीमतीसहित पक्राउ गरिएको हो । 

यस्तै २६ वर्षीय विकले हेटौंडाकी २५ वर्षीय सम्झनासँग असोज २१ गते दोश्रो विवाह गरेको र उनकी जेठी श्रीमती पुनम विकको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।

पैसा कमाउन परदेश गएका श्रीमान्ले अर्की श्रीमती ल्याएको आफुले ढिलोमात्र थाहा पाएपछि कात्तिक–२ गते प्रहरीमा उजुरी गरेको पुनमले बताइन् । जेठी श्रीमतीको जाहेरीका आधारमा उनीहरु विरुद्ध बहुविवाहको मुद्धा दर्ता गरिएको प्रहरी निरीक्षक पुरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु