२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बैतडीमा कोदालो प्रहारबाट गाउँपालिका कर्मचारीसहित तीनजना गम्भीर, हेलिकप्टरबाट उद्धार हुँदै

२०८०, ८ चैत्र बिहीबार ०८:२५

चैत ८, काठमाडौँ | बैतडीमा कोदालो प्रहारबाट ३ जना गम्भीर घाइते भएका छन्। जिल्‍लाको डिलाशैनी गाउँपालिका ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहार गरेका हुन्। 

कोदालो प्रहारबाट उनकी श्रीमती ५६ वर्षीया पार्वती धामी, दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्ट घाइते भएका छन्।


बिहीबार बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरी बसिरहेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। 

घाइते तीनै जनाको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए। 

कोदाली प्रहार किन गरे भन्नेबारे खुल्न सकेको छैन। कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु