कार्तिक ५ ,डडेल्धुरा । डडेल्धुराको जोगबुढा र शिर्ष गाबिसका बाढी तथा पहिरो पिडित संघर्ष समिति डडेल्धुराले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार २३औँ पटक ज्ञापन पत्र बुझाएका छन । जिल्ला प्रशासन देखि केन्द्र स्तर सम्म भने यस अघि १ सय ८ पटक ज्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक ५ ,डडेल्धुरा । डडेल्धुराको जोगबुढा र शिर्ष गाबिसका बाढी तथा पहिरो पिडित संघर्ष समिति डडेल्धुराले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार २३औँ पटक ज्ञापन पत्र बुझाएका छन । जिल्ला प्रशासन देखि केन्द्र स्तर सम्म भने यस अघि १ सय ८ पटक ज्"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका बाढी–पहिरो पिडितद्धारा जिल्ला देखि केन्द्र सम्म १ सय ९औ पटक ज्ञापन पत्र

५ कार्तिक २०७३, शुक्रबार १३:०९

कार्तिक ५ ,डडेल्धुरा । डडेल्धुराको जोगबुढा र शिर्ष गाबिसका बाढी तथा पहिरो पिडित संघर्ष समिति डडेल्धुराले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार २३औँ पटक ज्ञापन पत्र बुझाएका छन । जिल्ला प्रशासन देखि केन्द्र स्तर सम्म भने यस अघि १ सय ८ पटक ज्ञापन पत्र बुझाइसकेको छ । बि.सं २०६२ सालमा आएको बाढी तथा पहिरोका कारण बिस्थापित ९४ परिवारको १ दशक बितिसक्दा समेत पुर्नस्थापना नगरिएको भन्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमूख जिल्ला अधिकारी उदय बहादुर सिंह समक्ष फेरी २३औँ पटक ज्ञापन पत्र बुझाएका हुन । प्रमूख जिल्ला अधिकारी उदय बहादुर सिंहले ज्ञापन पत्र बुझ्दै माथि केन्द्रमा पठाइदिने आश्वासन दिदै यस बारे आफुले पनि गृह मन्त्रालयमा समेत लेखापढी गरेको बताएका छन ।

    साथै भवन तथा शहरी बिकास डिभिजन कार्यालयमा पनि बेला–बेलामा ताकेता गरेपनि हाल सम्म माथिबाट पुर्नस्थापनाका लागि कुनै पनि रकम निकासा नभएको जानकारी गराएका छन । २०६५ साल देखि अहिले सम्म जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा २२ पटक र प्रधानमन्त्री लगायत केन्द्रिय स्तरमा गरी १०८ पटक ज्ञापन पत्र संघर्ष बुझाइसकेको जोगबुढा बाढी पिडित सघंर्ष समितिका संयोजक नर बहादुर बमले गुनासो गरेका छन । अहिले सम्म जिल्ला देखि केन्द्र स्तर सम्म धाएपनि सरकारले कुनै वास्ता नगरेको भन्दै यसपछि सरकारलाई प्रतिपक्षमा राखी सर्वोच्चमा मुद्धा हाल्ने शिर्ष पहिरो पिडित सघंर्ष समितिका संयोजक प्रजापति नाथले बताएका छन । यदि त्यसपछि पनि कुनै सुनुवाई नभए भिमदत्त राजमार्ग अवरुद्ध गर्ने संयोजक नाथले चेतावनी दिएका छन । १ दशक अघि शिर्ष गाबिसमा आएको पहिरोका कारण सो गाबिसका वडा नं. २, ३, ४ र ५ का एकै परिवारका ८ सदस्य सहित ३२ जनाको ज्यान गएको थियो । पहिरोका कारण त्यहाँका ३५ परिवार र रंगुन तथा पुन्तुरा नदीबाट आएको भिषण बाढीका कारण जोगबुढा गाबिस वडा नं. २ का ५९ परिवार गरि ९४ परिवार बिस्थापित भएका थिए । 

फोटो – पत्रकार डिर पन्तको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता