महेन्द्र केसी, असोज ६ पर्वत ।विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई प्रवासीले सहयोग गरेका छन् । जनप्रगतिशिल मंच यूएइले ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
    विज्ञान प्रविधिमा रुचि राखि घरमा पाइने तथा काम नलाग्ने भनि फालिएका बस्तुबाट विभिन्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी, असोज ६ पर्वत ।विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई प्रवासीले सहयोग गरेका छन् । जनप्रगतिशिल मंच यूएइले ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
    विज्ञान प्रविधिमा रुचि राखि घरमा पाइने तथा काम नलाग्ने भनि फालिएका बस्तुबाट विभिन्न "/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अमनलाई प्रवासीको आर्थिक सहयोग

६ कार्तिक २०७३, शनिबार ०३:४५

महेन्द्र केसी,कात्र्तिक ६ पर्वत ।।विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई प्रवासीले सहयोग गरेका छन् । जनप्रगतिशिल मंच यूएइले ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
    विज्ञान प्रविधिमा रुचि राखि घरमा पाइने तथा काम नलाग्ने भनि फालिएका बस्तुबाट विभिन्न प्रकारका विज्ञान प्रविधिका समाग्री बनाएका अमनलाई थप हौसला प्रदान होस् भनी मंचले सहयोग गरेको बताएको छ । शुक्रबार हिमाललय उमाविको प्राङ्गणमा  उनलाई सो पुरस्कार हस्तान्तरण गरिएको थियो । विद्यालयका निमित्त प्राचार्य प्रेम प्रसाद रेग्मीले उनलाई खादा, शैक्षिक समाग्री र नगद हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै रेग्मीले अमनले विज्ञानप्रविधिमा रुचिमात्रै राखि आफ्नो प्रतिभा मात्रै प्रष्फुटन नगरी विश्वभर विद्यालयलाई चिनाउन सफल भएको बताए ।

अमनले आफ्नो क्षमता प्रष्फुटन मात्रै गरेनन् विद्यालयको गरिमा समेत उच्च राख्ने काम गरेको भन्दै अन्य विद्यार्थीहरुले पनि आफुमा भएको प्रतिभा प्रष्फुटन गराउन अग्रसर हुनुपर्नेमा जोड दिए । उनले प्लाष्टिक, तार, काठ, किला, लगायतका समाग्रीहरु संकलन गरेर एक दर्जन भन्दा बढि विज्ञान प्रविधिका समाग्री निर्माण गरेका छन् । उनी केहि समय अगाडीमात्रै शमी साहित्य पुरस्कारबाट सम्मानित समेत भएका थिए । उनलाई हिमालय भूतपूर्व विद्यार्थी समाजले ५ हजार ५ रुपैयाँ नगदले सम्मान गरेको थियो भने निजामति कर्मचारी आधिकारिक ट्रेड युनियन बाग्लुङबाट १ हजार १ सय ११ले सम्मान गरेको थियो भने हालसम्म विभिन्न संघसस्था , व्यक्ति र विद्यालयबाट गरी दर्जनभन्दा बढी सम्मान पाइसकेका छन् ।विज्ञान प्रविधिमा रुचि भएका अमन अन्य क्षेत्रमा समेत उत्तिकै अब्बल मानिएका छन् ।

विद्यालयमा हुने अतिरित्त क्रियाकलाप तथा कक्षामा उनी प्रथम छन् । त्रैमासिक परिक्षमा कक्षा ९ मा विशिष्ट श्रेणीमा उत्तीर्ण समेत भएका उनी अन्य क्षेत्रमा पनि उत्तिकै अब्बल मानिन्छन् । उनका बाबु शिक्षक छन् जसका कारण पनि उनलाई यो हौसला मिलेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता