राईनो कपः झापा ११ लाई हराउदै लालवन्दि स्पोर्ट क्लव सर्लाही सेमीफाईनलमा

Posted on: 22 Oct, 2016

सागर पोख्रेल/ कात्तिक ५, नवलपरासी  । संरक्षणकालागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियो गितामा शुक्रबार लालवन्दि स्पोर्ट क्लव सर्लाही र झापा ११ बिचको खेल निर्धारीत समयका दुबैतर्फबाट २, २ गोल भए टाईबेकरमा लालवन्दि स्पोर्ट क्लव सर्लाहीले  झापा ११,लाई ४–३ ले विजयी भएको छ ।

मध्यविन्दु नगरपालिका २ मा नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता क्वाटर फाईनलको पहिलो हापमा लालवन्दि स्पोर्ट क्लव सर्लाहीका खेलाडी जर्सी नं. १७ का मदन स्याङतान ले खेलको पहिलो हापको १८औं मिनटमा पहिलो गोल गरेका थिए । पहिलो हाप सम्म लालवन्दी स्पोर्ट क्लव सर्लाही १–०ले अग्रता कायम गरेको थियो भने खेलको दोस्रो हापको २१ औं मिनटमा झापा ११ का जर्सी नं। १५ का पुष्पा मादेनले झापा ११ लाई बराबरमा पुर्याएका थिए ।

त्यसै गरी खेलका ८१ औं मिनटमा झापा ११ कै जर्सी नं। ११का विकास लिम्बुले थप गोल गरेका थिए । खेलका ८३ औं मिनटमा जर्सी नं। ९ का कुमार बोलले लालबन्दीको तर्फबाट थप १ गोल गरेपछि निर्धारीत समयमा खेल बराबरीमा पुगेको थियो ।


निर्धारीत समयमा खेल बराबरीमा पुगेपछि खेल टाईबेकरमा गएको थियो टाईबेकरमा  झापा ११ का जर्सी नं। ९ का प्रसान्त मगरले बल पोष्ट बाहिर प्रहार गरे भने झापा ११ कै जर्सी नं। ३ का विशाल गुरुङ्गको बल गोल रक्षकले राक्न सफल भएपछि लालबन्दी स्पोर्ट क्लव सर्लाही सेमी फाईनलमा प्रवेश गरेको छ ।

सनिबार क्वाटर फाईनलमा जगदम्वालुम्बिनी रुपन्देही र  सशस्त्र प्रहरीबल  बिच हुने खेल संयोजक टेक प्रसाद पोख्रेलले जानकारी दिए  । जगदम्बा लुम्बिनीले पिप्ले युथ क्लव हेटौडालाई ३–१ ले पराजय गरेको थियो भने सशस्त्र प्रहरीबल ए डिभिजनको क्लब रहेको छ ।

राईनो संरक्षण गोल्ड क्लवका विजेता टिमले नगद रु ३ लाख २५ हजार ५ सय ५५ र एक दिनको होमस्टे बसाई गर्न पाउने छन भने, उप विजेता टिमले नगद रु १ लाख ६५ हजार ५ सय ५५ पाउने छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!