१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा पैसा कमाउन गएका एक युवकको कामगर्ने ठाउँमै मृत्यु

६ कार्तिक २०७३, शनिबार १२:२५

कात्तिक, ६, काँकडभिट्टा । साउदी अरबमा रोजगारीका लागि गएका झापा मेचीनगर–१ खयरडाँगीका तेजप्रसाद चम्लागाईंको मृत्यु भएको छ । इटहरीको जुपिटर मेनपावरमार्फत एक वर्षअघि वैदेशिक रोजगारीमा साउदीको जेद्दा पुगेका २६ वर्षीय उहाँ त्यहाँको एउटा पोल्टी फार्ममा कार्यरत हुनुहुन्थ्यो । 


पोल्टी फार्ममै उहाँको मृत्यु भएको भनी जेद्दामा कार्यरत नेपाली कामदारले खबर पठाएको र इटहरीस्थित मेनपावर कार्यालयले समेत मृत्युको लिखित जानकारी दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।  मृतक तेजप्रसादकी आमा र पत्नी घरमा छन् । उनका बुबाको गत वर्ष निधन भएको थियो । 


मृतकको शव नेपाल ल्याउनका लागि चम्लागाईंको परिवारले मेनपावर कम्पनिलाई आग्रह गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का