८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवाका सम्पदा संरक्षणमा जोड

७ कार्तिक २०७३, आईतवार ०२:४३

कात्तिक ७, रसुवा । हिमाली क्षेत्रमा रहेका सबैखाले सम्पदाको संरक्षण गरी रसुवाको गरिमा उच्च राख्न संविधानविद्द्वारा यहाँका बासिन्दालाई सुझाव दिइएको छ । 

विश्वमै दुर्लभ रहेको रेडपान्डा रसुवाका भूभागमा मारिएको समाचारले आफूलाई दुःखित तुल्याएको बताउँदै उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशिराज दाहालले अवैध धन्दाका व्यक्तिलाई निरुत्साहित गरी रेडपान्डा संरक्षणबाट यस क्षेत्रको गरिमा उच्च पार्न आग्रह गर्नुभयो । 

एफइएस नेपाल नामक संस्थाले संविधान कार्यान्वयनअन्तर्गत शनिबार यहाँका बासिन्दामाझ गरेको ‘आधुनिक राज्य निर्माणमा नागरिक शिक्षाको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाइँकुण्ड नेपाल–चीनको व्यापार–व्यवसाय अभिवृद्धि गर्ने रसुवागढी नाका तथा राजमार्गका रुपमा विकसित भएको पासाङल्हामु मार्ग संरक्षण गर्न पनि सुझाव दिनुभयो । 

उहाँले लाङटाङ राष्ट्रिय क्षेत्रभित्र रहेका सबैखाले जैविक विविधता संरक्षण गर्ने सबैको साझा दायित्व भएको उल्लेख गर्नु भयो । नागरिक शिक्षा कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने राजनीतिशास्त्री डा देवराज दाहालले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता