८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आगलागीबाट करिब पाँच लाखको धनमाल नष्ट

७ कार्तिक २०७३, आईतवार ०३:१७

कात्तिक ७, पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ खुर्कोटमा शनिबार साँझ भएको आगलागीबाट रु पाँच लाख बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीयवासी शिवप्रसाद पौडेलको किराना पसलमा आगलागी हुँदा नगद १७ हजारसहित पाँच लाख बराबरको धनमाल र घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पसलमा अचानक विद्युत् सर्ट हुन गई आगलागी भएको हो । उक्त आगो स्थानीय वासिन्दा तथा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीको सहकार्यमा नियन्त्रणमा लिइएको थियो । 

दुर्गम गाउँको स्वास्थ्य शिविरमा सात सयको उपचार 

यसैबीच, पर्वतको सुदूर दक्षिणमा पर्ने बाच्छा गाविसमा शनिबार आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सात सय जनाको उपचार भएको छ । पर्वत सेवा समाज र रोटरी क्लब अफ पर्वतको आयोजनामा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा तीन जिल्लाका सात सय जनाले गाउँघरमै स्वास्थ्य उपचारको सेवा पाएका हुन् । 

स्वास्थ्य शिविरमा पर्वतका बाच्छा, पाङ्गराङ्ग, कुर्घा, भोक्सिङ्ग, बर्रार्चार, लिमीठाना र रानीपानी, बागलुङका छिस्ती, जैदी, बिनामारे, गुल्मीका खड्गकोट लगायतका गाविसका सर्वसाधारण उपचारका लागि आएका थिए । शिविरमा स्त्रीरोग, पेट, छाती, मुटु, हाडजोर्नी तथा नसा, मानसिक लगायतका विशेषज्ञबाट स्वास्थ्य जाँच र निःशुल्क औषधि वितरण गरिएको थियो । 

शिविरमा गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखराका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए । 

वरिष्ठ मानसिक रोग विशेषज्ञ प्राडा जयबहादुर खत्री, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा राजेश अधिकारी, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा ईश्वर शर्मा कँडेल, पर्वत जिल्ला अस्पतालका प्रमुख डा फडिन्द्र बराल, सर्जन डा राजनकुमार शर्मा, दन्तरोग विशेषज्ञ डा विधाता शाक्य, भिडियो एक्स–रे विशेषज्ञ डा श्याम पराजुली लगायतले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा बागलुङ मेडिकल हल कुस्माको संयोजनमा दुई लाख ५० हजारभन्दा बढीको औषधि निःशुल्क वितरण गरिएको राजेश पौडेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता