२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आगलागीबाट करिब पाँच लाखको धनमाल नष्ट

२०७३, ७ कार्तिक आईतवार ०३:१७

कात्तिक ७, पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ खुर्कोटमा शनिबार साँझ भएको आगलागीबाट रु पाँच लाख बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीयवासी शिवप्रसाद पौडेलको किराना पसलमा आगलागी हुँदा नगद १७ हजारसहित पाँच लाख बराबरको धनमाल र घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पसलमा अचानक विद्युत् सर्ट हुन गई आगलागी भएको हो । उक्त आगो स्थानीय वासिन्दा तथा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीको सहकार्यमा नियन्त्रणमा लिइएको थियो । 

दुर्गम गाउँको स्वास्थ्य शिविरमा सात सयको उपचार 

यसैबीच, पर्वतको सुदूर दक्षिणमा पर्ने बाच्छा गाविसमा शनिबार आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सात सय जनाको उपचार भएको छ । पर्वत सेवा समाज र रोटरी क्लब अफ पर्वतको आयोजनामा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा तीन जिल्लाका सात सय जनाले गाउँघरमै स्वास्थ्य उपचारको सेवा पाएका हुन् । 

स्वास्थ्य शिविरमा पर्वतका बाच्छा, पाङ्गराङ्ग, कुर्घा, भोक्सिङ्ग, बर्रार्चार, लिमीठाना र रानीपानी, बागलुङका छिस्ती, जैदी, बिनामारे, गुल्मीका खड्गकोट लगायतका गाविसका सर्वसाधारण उपचारका लागि आएका थिए । शिविरमा स्त्रीरोग, पेट, छाती, मुटु, हाडजोर्नी तथा नसा, मानसिक लगायतका विशेषज्ञबाट स्वास्थ्य जाँच र निःशुल्क औषधि वितरण गरिएको थियो । 

शिविरमा गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखराका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए । 

वरिष्ठ मानसिक रोग विशेषज्ञ प्राडा जयबहादुर खत्री, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा राजेश अधिकारी, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा ईश्वर शर्मा कँडेल, पर्वत जिल्ला अस्पतालका प्रमुख डा फडिन्द्र बराल, सर्जन डा राजनकुमार शर्मा, दन्तरोग विशेषज्ञ डा विधाता शाक्य, भिडियो एक्स–रे विशेषज्ञ डा श्याम पराजुली लगायतले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा बागलुङ मेडिकल हल कुस्माको संयोजनमा दुई लाख ५० हजारभन्दा बढीको औषधि निःशुल्क वितरण गरिएको राजेश पौडेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा