महेन्द्र केसी/कार्तिक ७ पर्वत ।

बडागाउँदेखि मुडिकुवा जोड्नको लागि मोदी खोलामाथि निर्माण कार्य थालिएको बडागाउँ मुडिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी/कार्तिक ७ पर्वत ।

बडागाउँदेखि मुडिकुवा जोड्नको लागि मोदी खोलामाथि निर्माण कार्य थालिएको बडागाउँ मुडिक"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा एकपछि अर्को पुलको कृर्तिमान, बडागाउँ मुडिकुवा झोलुङ्गे पुल अन्तिम चरणमा

२०७३, ७ कार्तिक आईतवार ०४:१८

महेन्द्र केसी/कार्तिक ७ पर्वत ।

बडागाउँदेखि मुडिकुवा जोड्नको लागि मोदी खोलामाथि निर्माण कार्य थालिएको बडागाउँ मुडिकुवा झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
जिल्लाको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्रसँंग जोड्न मोदीखोलामा निर्माण भैरहेको १ सय ५५ दशमलब ७० मिटर अग्लो वडागाउँ–मुडिकुवा झोलुङ्गेपुलको निर्माण कार्य सम्पन्न हुने अवस्थामा पुगेको छ ।
     दशै अगावै पुल निर्माण कार्य सम्पन्न गर्ने योजना बनाइएता पनि विद्युत प्राधिकरणले अबरोध सिर्जना गरेका विद्युत पोल नहटाएका कारण निर्माण कार्य ठप्प बनेको थियो । साझा सवालमा विद्युत पोलको अबरोधले पुल निर्माणमा समस्या भएको खबर छापिएपछि प्राधिकरणले उक्त अबरोध खडा गरेका पोल हटाएपछि कामले तिब्रता पाएसँगै पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । अबको केहि दिनमानै पुल आवतजावतको लागि तयार हुने ठेकेदार  बताउँछन् ।

यतिबेला पुल निर्माण कार्य झण्डै ९७ प्रतिशत काम पुरा भएको छ । डेग विच्छ्याउने कार्य लगभग सकिएको छ । तर, दुवै भागमा जाली    राख्ने काम मात्र बाँकी   रहेको छ ।  कुश्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ कैया झोलुङ्गे पुल भन्दा मात्रै ३० सेन्टिमीटर होचो छ । यो पुल अहिले सम्म निर्माण भएका पुल मध्ये सबैभन्दा लामो हुने बताइएको छ । यो पुल ३ सय ५९ मिटर लामो हुने स्थानिय पुर्वाधार तथा कृषि सडक बिभागले जनाएको छ ।

 विभागले दिएको जानकारी अनुसार कुल १ करोड ७६ लाखको लागतमा निर्माण हुने पुल २०७३ भदौ मसान्त सम्म सक्ने लक्ष्य राखिएकोमा केही समय ढिला भएको जनाउँदै अबको केहि दिनभित्रमानै पुल पुर्ण रुपमा सञ्चालनम आउने छ । पुल निर्माण कार्य सम्पन्न भएसँगै जिल्लाका दक्षिण भेगका बासिन्दाहरु सदरमुकाम कुश्मासँग नजिकीने छन् । कुश्मादेखि मुडिकुवा पुग्नको लागि मोदीबेणीबाट आधाघण्टाको बाटो तह गर्नुपर्ने बाध्यता थियो भने यो पुलको निर्माण सम्पन्न भएसँगै आधाघण्टाको बाटो पाँच मिनेटमा छोटिनेछ ।

पुल निर्माण कार्य सम्पन्न भैनसक्दै पुलको अवलोकन गर्न आउनेहरुको संख्या बढेको छ । पुलको निर्माण कार्य चलिरहेता पनि पुलमा फोटो खिच्न आउनेहरुको संख्या बढेको छ । पुलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै पुलमा  काममा बाधा हुने र पुलबाट खस्ने खतरा भएका कारण समितिले पुलमा प्रहरी समेत परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन