महेन्द्र केसी/कार्तिक ७ पर्वत ।

बडागाउँदेखि मुडिकुवा जोड्नको लागि मोदी खोलामाथि निर्माण कार्य थालिएको बडागाउँ मुडिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी/कार्तिक ७ पर्वत ।

बडागाउँदेखि मुडिकुवा जोड्नको लागि मोदी खोलामाथि निर्माण कार्य थालिएको बडागाउँ मुडिक"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा एकपछि अर्को पुलको कृर्तिमान, बडागाउँ मुडिकुवा झोलुङ्गे पुल अन्तिम चरणमा

७ कार्तिक २०७३, आईतवार ०४:१८

महेन्द्र केसी/कार्तिक ७ पर्वत ।

बडागाउँदेखि मुडिकुवा जोड्नको लागि मोदी खोलामाथि निर्माण कार्य थालिएको बडागाउँ मुडिकुवा झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
जिल्लाको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्रसँंग जोड्न मोदीखोलामा निर्माण भैरहेको १ सय ५५ दशमलब ७० मिटर अग्लो वडागाउँ–मुडिकुवा झोलुङ्गेपुलको निर्माण कार्य सम्पन्न हुने अवस्थामा पुगेको छ ।
     दशै अगावै पुल निर्माण कार्य सम्पन्न गर्ने योजना बनाइएता पनि विद्युत प्राधिकरणले अबरोध सिर्जना गरेका विद्युत पोल नहटाएका कारण निर्माण कार्य ठप्प बनेको थियो । साझा सवालमा विद्युत पोलको अबरोधले पुल निर्माणमा समस्या भएको खबर छापिएपछि प्राधिकरणले उक्त अबरोध खडा गरेका पोल हटाएपछि कामले तिब्रता पाएसँगै पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । अबको केहि दिनमानै पुल आवतजावतको लागि तयार हुने ठेकेदार  बताउँछन् ।

यतिबेला पुल निर्माण कार्य झण्डै ९७ प्रतिशत काम पुरा भएको छ । डेग विच्छ्याउने कार्य लगभग सकिएको छ । तर, दुवै भागमा जाली    राख्ने काम मात्र बाँकी   रहेको छ ।  कुश्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ कैया झोलुङ्गे पुल भन्दा मात्रै ३० सेन्टिमीटर होचो छ । यो पुल अहिले सम्म निर्माण भएका पुल मध्ये सबैभन्दा लामो हुने बताइएको छ । यो पुल ३ सय ५९ मिटर लामो हुने स्थानिय पुर्वाधार तथा कृषि सडक बिभागले जनाएको छ ।

 विभागले दिएको जानकारी अनुसार कुल १ करोड ७६ लाखको लागतमा निर्माण हुने पुल २०७३ भदौ मसान्त सम्म सक्ने लक्ष्य राखिएकोमा केही समय ढिला भएको जनाउँदै अबको केहि दिनभित्रमानै पुल पुर्ण रुपमा सञ्चालनम आउने छ । पुल निर्माण कार्य सम्पन्न भएसँगै जिल्लाका दक्षिण भेगका बासिन्दाहरु सदरमुकाम कुश्मासँग नजिकीने छन् । कुश्मादेखि मुडिकुवा पुग्नको लागि मोदीबेणीबाट आधाघण्टाको बाटो तह गर्नुपर्ने बाध्यता थियो भने यो पुलको निर्माण सम्पन्न भएसँगै आधाघण्टाको बाटो पाँच मिनेटमा छोटिनेछ ।

पुल निर्माण कार्य सम्पन्न भैनसक्दै पुलको अवलोकन गर्न आउनेहरुको संख्या बढेको छ । पुलको निर्माण कार्य चलिरहेता पनि पुलमा फोटो खिच्न आउनेहरुको संख्या बढेको छ । पुलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै पुलमा  काममा बाधा हुने र पुलबाट खस्ने खतरा भएका कारण समितिले पुलमा प्रहरी समेत परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता