६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फरक क्षमता भएका विद्यार्थीलाई एकताको सहयोग

७ कार्तिक २०७३, आईतवार १२:०६

 विशन क्षेत्री कार्तिक ७ पर्वत । आन्तरिक पर्यटन तथा सामाजिक क्षेत्रमा क्रियाशील एकता युवा क्लवले शिवालय उच्च माविमा अध्ययनरत फरक क्षमता भएका १३ जना दृष्टिविहिन विद्यार्थीलाई एक वर्षलाई पुग्ने आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । क्लवले विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सहयोग तथा जाडो समयका लागि न्यानो कपडा वितरण गरेको हो ।

अष्टे«लियन नागरिक डियना धुनमको सौजन्यमा क्लवले विद्यार्थीलाई विद्यालय पोशाक, सरसफाईका सामाग्री, तन्ना, मफलर लगायतका सामाग्री वितरण गरेको हो । क्लवले विद्यालय पोशाकको लागि प्रतिव्यक्ति पाँच सय नगद पनि हस्तान्तरण गरेको छ । कार्यक्रममा विद्यार्थीहरुलाई कपडा हस्तान्तरण गर्दै प्रमुख अतिथी धुनमले सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताईन् । नेपाल र नेपालीको खुलेरै प्रशंसा गर्दै उनले दृष्टिविहिनलाई आफूले अष्टे«लियाबाटै ल्याएको मफलर समेत वितरण गरेकी थिईन् ।

सोही कार्यक्रममा बोल्दै क्लवका सल्लाहकार तथा शिक्षाप्रेमी वसन्त बहादुर सिकेले दृष्टिविहिन शिक्षालाई सबैले सहयोग गर्नुपर्ने ब एका थिए । त्यस्तै विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईंले सहयोगका लागि क्लव र अष्टे«लियन नागरिकलाई अभार प्रकट गरेका थिए । कार्यक्रममा ¥याण्डम रिडर्स सोसाईटी पर्वतका अध्यक्ष लेखनाथ पौडेलको शुभकामना तथा कार्यक्रम संयोजक रवि श्रेष्ठले कार्यक्रमको स्वागत गरेका थिए ।

क्लवको सहयोगबाट खुशी भएका विद्यार्थीले आफ्नो शैक्षिक गतिविधिलाई सहज बनाउन सहयोग लिएर आउने गरेका सहयोगदाताको सम्मानमा सांगीतिक प्रस्तुति गरेका थिए । अपाङ्ग भएकालाई राज्यले प्राथमिकता देखाएको जस्तो गरेपनि दोस्रो दर्जा सरह ब्यवहार गरेको भन्दै उनिहरुले आफ्नो प्रस्तुतीमा समस्या, गुनासोलाई समेत गीतको माध्यमबाट सुनाएका थिए ।

कार्यक्रमका लागि धुनमले १० हजार, लोकतान्त्रिक खेलकुदसंघका अध्यक्ष प्रेम गुरुङ्ग माईलाले १० हजार, क्लवका सदस्यले दशैँमा जम्मा गरेको दक्षिणाबाट ५ हजार, चन्द्र बहादुर क्षेत्रीले नौ सय, माधव पौडेलले सात सय सहयोग गरेका थिए । ७७ वर्षीय अष्टे«लियन नागरिक डियना धुनम सामाजिक क्षेत्रमा अग्रणी रोटरी क्लवका उपाध्यक्ष रामकृष्ण रेग्मीको विशेष पहलमा नेपाल आएकी हुन् । रेग्मीकै पहलमा गत बिहिबार उनले जिल्लाको वारीबेनी स्थित बेनीबजार आधारभूत विद्यालयमा ५० जना विद्यार्थीलाई ६० हजार बराबरको शैक्षिक सहयोग समेत गरेकी थिइन् ।

कार्यक्रममा विद्यालयका चन्दादाता मानकुमारी गिरी, राष्ट्रिय बालशिक्षा सदन आमाविका प्रिन्सिपल रामकृष्ण रेग्मी, विद्यालयका शिक्षक, विद्यार्थी तथा क्लवका सदस्यको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण क्लवका अध्यक्ष अच्युत तिवारीले गरेका थिए ।
उक्त विद्यालयमा चालु शैक्षिक सत्रदेखि दृष्टिविहिनलाई अध्यापन गराईंदै आएको विद्यालयका प्रधानाध्यापक चापागाईंले जानकारी दिए । विद्यालयमा हाल कक्षा चारदेखि कक्षा ११ सम्म १३ विद्यार्थीले अध्ययन गर्दै आईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति