१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ उपत्यकामा अनुदान सम्झौता सोमबारदेखि

७ कार्तिक २०७३, आईतवार १३:३२

कात्तिक ७, काठमाडौँ । काठमाडौँ उपत्यकाका भूकम्पपीडितलाई पुनःनिर्माणका लागि अनुदान वितरण गर्न सोमबारदेखि अनुदान सम्झौता सुरु हुने भएको छ । 

काठमाडौँ, भक्तपुर र ललितपुरमा ९० हजार ८८८ लाभग्राहीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणका लागि स्वीकृति दिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख गणेशराज वस्तीले राससलाई जानकारी दिनुभयो । 

“उपत्यकाका ३६९ वडामा सोमबारदेखि अनुदान सम्झौता सुरु गर्न जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइलाई परिपत्र गरिएको छ, सबै वडामा एकैपटक काम सुरु हुने भएकाले छिटो अनुदान सम्झौता सकिइ पहिलो किस्ताको रु ५० हजार वितरण हुनेछ”– उहाँले भन्नुभयो । 

केन्द्रीय तथ्याङ्क विभागले उपत्यकाका तीन जिल्लामा लक्षित नमुना (भेरिफिकेसन मोडेल) बाट भूकम्पपीडितको सूची सङ्कलन गरेको थियो । विभागले एक लाख १५ हजार लाभग्राहीको सूची प्राधिकरणमा पठाए पनि ९० हजार ८८८ मात्र स्वीकृत भएको मन्त्रालयले जनाएको छ । 

भूकम्प अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोटमा अनुदान सम्झौता र पहिलो किस्ताको रु ५० हजार वितरण भइरहेको छ । 

भूकम्प प्रभावित अन्य १७ जिल्लामा लाभग्राहीको सूची सङ्कलनको तयारी सुरु भएको विभागले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का