कात्तिक ७, बुटवल । बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा कुस्तीको रौनक थपिएको छ ।

खेल संयोजक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ७, बुटवल । बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा कुस्तीको रौनक थपिएको छ ।

खेल संयोजक "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुटवलको महोत्सवमा कुस्तीको रौनक

७ कार्तिक २०७३, आईतवार १४:५०


कात्तिक ७, बुटवल । बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा कुस्तीको रौनक थपिएको छ ।

खेल संयोजक बाबुराम आचार्यका अनुसार आईतबारदेखि शुरु भएको पुरुष तथा महिला कुस्ती प्रतियोगिता हेर्न दर्शकको घुँइचो लागेको थियो । पहिलो दिन ६ जोडीको कुस्ती प्रतिस्पर्धा भएको छ । जसमा एक जोडी महिला थिए । कुस्ती प्रतियोगितामा नवलपरासीको त्रिवेणीका महलमान मनु बर्माले भारतका भिम, सिकन्दर, सुमित र घोटुचकलाई पराजीत गरे भने  रुपन्देही मर्चवारका घोटुचोक बराबरीमा रोकिए । महिला कुस्तीमा भारतका गोरखपुरमा दिपा र निशा भिडेका थिए । दिपाले निशालाई पराजीत गरेकी छन् । सोमबार पनि दिउँसो १ बजेदेखि कुस्ती प्रतियोगिता सञ्चालन हुने खेल संयोजक आचार्यले जानकारी दिए ।   

यसैबीच मेलामा आईतबार ख्यातिप्राप्त लोक तथा दोहोरी गायिक राधिका हमालले सांगीतिक महोल तताइन् । उनले आधा दर्जन आफ्ना चर्चित गीत गाएर दर्शकलाई नचाइन् । त्यस्तै चर्चित गायक कमल खत्रीले पनि गीत गाएर दर्शकलाई मनोरञ्जन दिए । दोहोरीतर्फ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान क्षेत्रीय टिम पाल्पा रामपुरलाई पराजीत गरेको छ । सोमबार मिर्मिरे दोहोरी साँझ बुटवल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्युठानका कलाकार बीच प्रतिस्पर्धा हुने सांस्कृतिक उपसमितिका संयोजक तथा आयोजक नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलका उपाध्यक्ष गोविन्द गैरेले जानकारी दिए । गैरेका अनुसार सोमबार चर्चित आधुनिक गायक हेमन्त शर्मा, गायिक  ज्योति मगर लागयतका कलाकारको प्रस्तुति रहनेछ । 


नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलको आयेजनामा भइरहेको महोत्सवमा आईतबार २२ हजार दर्शकले अवलोकन गरेको र १ करोड २५ लाख बराबरको आर्थिक कारोबार भएको संगठनका महासचिव सिताराम रसाईलीले जानकारी दिए । दैनिक उपभोग्यबस्तु र होटलहरुमा उल्लेख कारोबार भएको उनले बताए । 

त्यस्तै अन्तराष्ट्रिय पेभिलियनमा पनि उच्च कारोबार भएको उनले उल्लेख गरे । महोत्सवमा गार्मेण्ट, जुत्ताचप्पल, होटल तथा रेष्टुरेण्ट लगायत दैनिक उपभोग्य बस्तुका स्टलहरुमा अवलोकनकर्ताको भिड बढेको आयोजकले बताएका छन् । त्यस्तै उटको नाच हेर्ने तथा बाल उद्यानमा खेल्ने वालवालिकाको संख्या पनि उल्लेख्य रहेको बताइएको छ । कात्तिक १५ गतेसम्म चल्ने महोत्सवमा स्वदेशी तथा विदेशी गरी ४ सय २२ स्टल सहभागी छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का