२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सन्डेक्लमा पत्रकार महिलाको पेशागत सुरक्षाबारे छलफल

२०७३, ७ कार्तिक आईतवार १४:५५

मकवापनुर,७ कार्तिक

क्रियाशील पत्रकार महिला मकवानपुरको आयेजनामा आज आईतबार हेटौंडामा सन्डेक्लब अन्तर्गत महिला पत्रकारको पेशागत सुरक्षाका विषयमा छलफल भएको छ । क्रियाशील पत्रकार महिला मकवानपुरका अध्यक्ष रञ्जिता डंगोलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्टको प्रमुख आतिथ्यतामा छलफल भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् नानीमैया विष्ट, महासंघका जिल्ला सचिव कृष्ण सारुमगर, सहसचिव कुमार अधिकारी, सदस्य अशोकसुजन श्रेष्ठ, सुरेश श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा क्रियाशील पत्रकार महिला मकवानपुरकी सहसचिव भावना रिजाजलले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रमका सहभागीहरुले वर्तमान अवस्थामा पेशागत सुरक्षाको परिभाषा फरक रुपमा बुझ्न जरुरी रहेको बताएका छन् । अग्रज महिला पत्रकारले सामाजिक संस्कार, चिन्तन तथा मूल्य मान्यता र भौतिक सुरक्षा जस्ता जोखिम भोग्नुपरेको भएपनि हाल आएर महिला पत्रकार भन्ने नौलो कुरो नरहेको सहभागीहरुको धारणा थियो ।

वरिष्ठ पत्रकार प्रताप विष्टले पत्रकार महिला स्थापित भइसकेकाले अब आफ्नो क्षमता बृद्धि गर्दै पत्रकार महिलाले आफूलाई बजारको प्रतिस्पर्धामा ल्याउनुपर्ने बताउँदै सञ्चार माध्यमको उपयोग गरी महिला पत्रकारले आफ्नो क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै, महासंघका केन्द्रीय पार्षद नानीमैया विष्टले संविधानले प्राथमिकता दिएजस्तै पत्रकार महिलाको क्षमता विकासका लागि महासंघले विशेष कार्यक्रम लागु गर्न सुझाव दिनुभयो । कार्यक्रमका सहभागीहरुले हालसम्म पत्रकार महिलाका लागि महासंघले खेलेको भूमिका, पत्रकार महिलाको पारिश्रमिक, आगामी योजना र महासंघको सदस्यता वितरणमा महिला पत्रकारको स्थान जस्ता विषयमा जिज्ञासा राखेका थिए । जवाफमा महासंघका सचिव कृष्ण सारुमगरले हालसम्म तालिम तथा गोष्ठीहरुमा सहभागिताका लागि प्राथमिकता दिइएको र विशेष कार्यक्रमबारे आगामी दिनमा योजना बनाइने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन