२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको चेपाङ गाउँमा सुविधायुक्त पुस्तकालय सञ्चालन

८ कार्तिक २०७३, सोमबार ०९:११

 कात्तिक ८, चितवन । चितवनको अति विकट क्षेत्र लोथर गाविस–९ मा रहेको चेपाङ गाउँ कान्दामा बालबालिकाका लागि सुविधायुक्त पुस्तकालय सञ्चालनमा ल्याइएको छ । 

नेपाल जर्नी युएसएको रु तीन लाख ५० हजार आर्थिक सहयोग र नेपाल लाइब्रेरी फाउन्डेसनकोे प्राविधिक सहयोगमा पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालय निर्माण भएपछि स्थानीय कान्देश्वरी प्राविमा अध्ययनरत विपन्न चेपाङ विद्यार्थीको शैक्षिक विकासमा ठूलो सहयोग पुग्ने स्थानीयवासीले बताएका छन् । विद्यालयमा पढ्ने एक सय २३ विद्यार्थी बसोबास रहेको छात्रावासमा पुस्तकालय सञ्चालन भएको हो । 

पुस्तकालयले आफ्ना बालबालिकाको शैक्षिक विकासका साथै अक्षर चिन्ने अभिभावकमा समेत पढ्ने बानीको विकास हुने स्थानीयवासी सीताबहादुर प्रजाले बताउनुभयो । पुस्तकालयमा खेलौनादेखि विभिन्न चित्र सहितका कथा, कविता र अङ्ग्रेजी तथा नेपाली किताब रहेका छन् । 

पुस्तकालयले शिक्षकलाई पनि विद्यार्थी मैत्री शिक्षण सिकाइ क्रियाकलापमा सहयोग पु¥याउने विद्यालयका प्रधानाध्यापक बालकृष्णले थपलियाले बताउनुभयो । 

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य तथा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि सोमनाथ सापकोटाले पुस्तकालयले चेपाङ बालबालिकाको चारित्रिक विकासका साथै नयाँ खोजीमा लाग्ने बानीको विकास गर्ने बताउनुभयो । उक्त क्षेत्रमा अहिले लक्ष्मी प्रतिष्ठानले बालबालिकाको रेखदेखि गरी पठनपाठन गराउँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव