२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन जिल्लाका २० विद्यालय समायोजन हुने

२०७३, ८ कार्तिक सोमबार ०९:२१

कात्तिक ८,  चितवन । जिल्लाका २० वटा विद्यालय समायोजन गर्ने तयारी भएको छ । 

विद्यार्थी सङ्ख्या कम भएका ती विद्यालय मङ्सिर मसान्तसम्ममा समायोजन गर्ने जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ । ५७ वटा विद्यालयको कक्षा घटाउने तयारीसमेत भइरहेको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले बताउनुभयो । 

गत वर्ष ११ वटा विद्यालय समायोजन गरिएको थियो भने २१ वटा विद्यालयको कक्षा घटाइएको थियो । यो वर्ष सुरु भएयता एउटा विद्यालय समायोजन गरिसकिएको छ । जिल्ला शिक्षा अधिकारी अर्यालका अनुसार भौगोलिक अवस्थालाई मध्यनजर गरेर तिन कक्षासम्म सञ्चालन भई ३६ जनाभन्दा कम विद्यार्थी भएका र पाँच कक्षासम्म सञ्चालन भई ६० जनाभन्दा कम विद्यार्थी भएका विद्यालयलाई समायोजन गर्ने नीति सरकारको छ । जसअनुसार पूर्वतयारीका लागि छलफलको क्रम अन्त्यमा पुगेको उहाँले बताउनुभयो । प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएपछि समायोजन गर्न लागिएको हो । 

शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन र कक्षा घटाउने काम पनि सँगै गरिने उहाँले बताउनुभयो । कम विद्यार्थी भएका विद्यालय समायोजनपछि छिमेकी विद्यालयमा विद्यार्थी पढाउने व्यवस्था मिलाइँदै छ भने पायक पर्ने विद्यालयमा शिक्षक दरबन्दी सारिँदै छ । 

जिल्लामा सामुदायिकतर्फ दुई सय १३ प्राथमिक, ६९ निम्नमाध्यामिक र ९५ मावि रहेका छन् । सामुदायिक विद्यालयमा ७६ हजार ८१ विद्यार्थी अध्ययनरत रहेको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ । उनीहरुलाई दुई हजार आठ सय ११ शिक्षकले पढाउँदै आएका छन् । जिल्लामा करिब पाँच सय दरबन्दी कम रहेको जिल्ला शिक्षा अधिकारी अर्यालले बताउनुभयो । 

जिल्लाको एउटा प्रावि, ४२ निम्नमाध्यामिक विद्यालय र १८ वटा माविमा सोही तहको दरबन्दी नरहेको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै