नवलपरासी र रुपन्देहीका शारीरिक शिक्षक शिक्षिकालाई ब्याडमिन्टन खेलको प्रशिक्षण

Posted on: 24 Oct, 2016

रबिन्द्र यादव/ कार्तिक ८, नवलपरासी ।  नवलपरासी र रुपन्देही जिल्लाको १३ विद्यालयका शिक्षक र शिक्षिका लाई ब्याडमिन्टन खेलको विकासगर्ने उद्देश्यका साथ एक दिने ब्याडमिन्टन खेलको प्रशिक्षण गैडाकोट नगरपालिका को हर्खपुरमा सम्पन्न भएको छ । 

नेपाल ब्याडमिन्टन संघ नवलपरासीको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाल ब्याडमिन्टन संघ नवलपरासी का अध्यक्ष महेन्द्र श्रेष्ठ रहेका थिए भने प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति नवलपरासी का अध्यक्ष कुमार आले रहनु भएको थियो । 


प्रमुख अतिथि आले ले यस किसिमको प्रशिक्षणले विद्यालय स्तर बाट नै खेलाडी उत्पादन मा विद्यालयले सहयोग गर्न सक्ने बताउनुभएको छ र यस्ता प्रशिक्षण जिल्लाको हरेक विद्यालयका शारीरिक शिक्षक र शिक्षिका लाई दिनुपर्नेमा जोड दिनु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!