२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाटमा अनुगमन तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

२०७३, ८ कार्तिक सोमबार १२:०४

रामु भुषाल, कार्तिक ८, नवलपरासि । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाटमा अनुगमन तथा अन्तक्रिया कार्यक्रम भएको छ । डव्लु एच ओ को मापदण्ड अनुसार खानेपानी गुणस्तर भए नभएको अनुगमन गर्नका लागि खानेपानी तथा ढल निकास विभागका गुणस्तर महाशाखाका प्राविधिक अधिकृत गंगादत्त नेपालको संयोजकत्वमा चार सदस्यिय अनुगमन टोली संस्थामा अनुगमन गर्न आएको संस्थाका अध्यक्ष कमानसिह थापाले जानकारी दिनुभएको छ ।

सो अनुगमन टोलीमा डव्लु एच ओ कन्सलटेन्स खानेपानी सुरक्षाका योजनाका अष्ट्ेलीयन नागरिक ड¥याल , एजुकेटिभ इन्जीनीयर भुटानी नागरिक युगेन र सोसियललिष्ट श्रीलंकाका नागरिक वोइकी रहेका छन । सो टोलीले बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बर्दघाटमा वितरण गरेको खानेपानीको अवस्था ,भौतीक संरचना , खानेपानी सुरक्षा योजनाको जानकारी लगायतका बारेमा संस्थाका पदाधिकारी , सुरक्षा समितिका पदाधिकारी ,संस्थाका कर्मचारीसंग अन्तरक्रिया समेत गरेको छ ।

संस्थाको गतिविधिका बारेमा संस्थाका व्यवस्थापक विष्णु भुषालले जानकारी गराउनु भएको थियो भने सुरक्षा समितिका तर्फबाट सुरक्षा समितिका संयोजक श्याम कुमारी कवरले जानकारी दिनुभएके थिाये  । अनुगमनका क्रममा पानी जस्तो संवेदनशिल पदार्थमा हेल्चक्राई नगरि उपभोक्तालाई स्वच्छ शुद्ध पानी वितरण गर्नु पर्नेमा जोड दिईएको थियो  । 

अनुगमनका क्रममा भोली सो टोलीले संस्थाले वितरण गर्दै आएको मुहान, सेडिमेन्टेसन टेङकी लगायतको स्थलगत निरिक्षण गर्ने र थप सुधारका लागि सुझाव तथा प्रतिक्रिया दिने कार्यक्रम समेत रहेको छ । २०६५÷६६ देखि साना सहरिकरण खानेपानी तथा सरसफाई लागु भए पश्चात हाल संस्थाले बर्दघाट नगरपालीकाको वडा नं ४ मा करिव २९ सय धारा वितरणमा ल्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार